काठमाडौ । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अधिकृतका रूपमा खटिएका राजेन्द्र गाैतममाथि कुटपिट भएकाे छ।
शनिबार अनेरास्ववियुका कार्यकर्ताले कुटपिट र धरपकट गरेकाे भन्दै नेविसंघले विराेध जनाएको छ। नेविसंघका अध्यक्ष डुजाङ सेर्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यसकाे विराेध जनाएका हुन्। नेपालको हरेक शैक्षिक, राजनीतिक तथा सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको नेपाल विद्यार्थी संघ आफ्नो स्थापनाकाल देखि नै लोकतन्त्रको पहरेदार बनेको कुरा जगजाहेर नै छ ।
निरंकुश, तानाशाही अधिनायकवादी र सामन्ती शाशकहरूको विरुद्धमा अनवरत संघर्ष गर्दै मानव अधिकार, लोकतन्त्र, सामाजिक सदभाव, न्याय, स्वतन्त्रता, विधिको शासन, सुशासन, र प्रेस स्वतन्त्रता आदिको रक्षार्थ ने. वि. संघले बलिदानीपूर्ण इतिहास बोकेको कुरा भनिरहनु पर्दैन ।
त्रिचन्द्र क्याम्पस हातावाट स्ववियु निर्वाचनका लागि खटिएका निर्वाचन अधिकृतलाई अखिल समर्थित गुण्डाहरूबाट धरपकड गर्ने लखेट्ने जस्ता अमर्यादित र निन्दनीय घटनाको ने. वि. संघ स्तब्ध भएको छ विज्ञप्तिमा भनिएकाे छ। साथै शान्ति सुरक्षाको जिम्मेवारीका लागि खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीबाट ने.वि.संघका नेताहरु सुन्दर बडाल, यसमान विष्ट, अर्जुन पौडेल, केशर जंग बम, महेश खनाल, विनोद देउवा, दिपक लामा, रोहित चौधरी, हिमान्शु ताम्राकार, सुरेन्द्र विश्वकर्मा लगाएत दर्जनौ विद्यार्थी नेताहरुलाई कुटपिट तथा धरपकड गरी घाइते बनाईएको भन्दै आक्राेश व्यक्त गरेकाे छ।
नेविसंघले अपराधीक घटनामा संलग्न व्यक्तिमाथि छानबिन गरि यथाशीघ्र कानुन बमोजिम कारवाही गर्न क्याम्पस प्रशासन र गृहप्रशासन सँग जोडदार माग गरेकाे छ।
प्रतिक्रिया