विराटनगर,१ चैत । नेपाल– भारतका साहित्यकार बीचको सम्बन्धनलाई प्रगाढ बनाउन विराटनगरमा तीन दिने नेपाल –भारत साहित्यक महोत्सवको आयोजना हुने भएको छ।
नेपाल –भारत साहित्यिक महोत्सव नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ३,४ र ५ गते हुने चौथो महोत्सवमा दुई देशका तीन सय साहित्यकारहरुको सहभागिता रहनुका साथै नेपाल–भारत बीचको रहेको साहित्यिक, सामाजिक, आर्थिक , सांस्कृतिक सम्वन्धधलाई टेवा पु¥याउन र साहित्यको सेतु निर्माण गर्नु रहेको जनाइएको छ।
महोत्सवका भारतीय संयोजक डा विजय पण्डितले महोत्सवकाले रामायण र वुद्ध सर्किटलाई महाभारत सर्किटसँग जोडन मद्दत पुग्ने धारणा राख्नु भयो ।
महोत्सवका नेपाली संयोजक देवी पन्थी, वरिष्ठ साहित्यकार दधिराज सुवेदी र मीनकुमार नवोदितले महोत्सवले नेपाल –भारत सम्बन्धलाई ऐतिहासिक बनाउने धारणा राख्नु भयो ।
महोत्सवमा पुस्तक विमोचन, बहुभाषी कवि सम्मेलन र सम्मान कार्यक्रम रहेको छ।
प्रतिक्रिया