विराटनगर,३० फागुन । विराटनगर महानगरपालिका भित्र बिबाह र धार्मिक कार्यक्रममा चर्को आवाजमा बजाइने डिजे एवं लगायतका साउण्ड सिस्टमको व्यवस्थास्थित गर्नुपर्न सुझाव सहभागीहरुले दिएका छन् ।
महानगरपालिकाले आज यहाँ आयोजना गरेको ध्वनि प्रदुषण व्यवस्थित गर्न धार्मिक सङ्घसंस्थाहरुसँग गरेको छलफल कार्यक्रममा उक्त्त विचार सहभागीहरुले व्यक्त्त गर्नु भएको हो ।
उहाँहरुले बिबाहमा राति बजाईने चर्को स्वरको डिजेको कारण मुटुका विरामीहरु मृत्यु हुने सम्भावना रहनुका साथै निद्रामा खलवल हुने भएकाले अविलम्व व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
महानगरपालिकाका प्रमुख नागेश कोइरालाले डिजे बजाउने समय निर्धारण गर्नुका साथै सडकमा अतिक्रमण गरिने अष्टजाम लगायतका धार्मिक कार्यक्रमलाई व्यस्थित गर्न जनप्रतिनिधिहरुले कार्य गर्ने बताउनु भयो ।
उहाँले सडकमा निर्माण सामाग्री नराख्न आग्रह गर्दै शुल्क उठाउने धर्मशाला लगायतका सामुदायिक भवनले महानगरमा राजश्व वुझाउनु पर्ने धारणा राख्नु भयो ।
महानगरका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले नगरमा ध्वनी प्रदुषण नियन्त्रण र सडक अतिक्रमण रोक्न नगरवासीको सहयोगका लागि आग्रह गर्नु भयो ।
सो अवसरमा काली मन्दिर व्यवस्थापन समितिका डा मीनाक्षी नेपाल, राधाकृष्ण मन्दिरका कृष्ण कार्की,विराटनर–६ भगवती मन्दिरका योगेन्द्र यादव, जैन स्वेताम्वर तेरापन्थी सभाका सुरेशकुमार नौलखा , वडा नं ६ मदरशाका आसिम आलम, परोकार समूहका किशोर भट्टराई,मदरशाका प्रधानाध्यापक अव्दुल सुहान, इसाई समाजका सुरज मल्ल,गुम्वा समितिका अरुणकुमार ध्याङवो , जानकी मन्दिरका श्रीराम ठाकुर र समाजसेवी गोपाल गुप्ताले डिजे र पान पराग, गुट्कालाई प्रतिबन्ध लगाउन आग्रह गर्नु भयो ।
प्रतिक्रिया