अमेरिकाको टेक्सस राज्यको ड्यालसको एक आवशगृहमा चार जनाको हत्याको आरोपमा २ जनालाई पक्राउ गरिएको छ भने शिशु भित्रै सकुशल अवस्थामा फेला परेको प्रहरीले बताएका छन् ।
बाल संरक्षण(कस्टडि) विवादका कारण गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाल संरक्षण विवादबाट उत्पन्न भएको एक आवासगृह भित्र चार व्यक्तिको मृत्यु भएको गोलाबारीको सम्बन्धमा ड्यालसमा एक जोडी संदिग्धलाई पक्राउ गरिएको छ ।
प्रहरीहरूले उत्तरपश्चिम ड्यालसको घटनास्थलमा बेलुका ७ बजे प्रतिक्रिया दिएका थिए । आइतबार भित्र चार जनालाई गोली हानेर मृत अवस्थामा प्रहरीले फेला पारेका थिए ।
यद्यपि प्रहरीले पीडितहरूलाई तुरुन्तै पहिचान गर्न सकेनन । आवास गृह भित्र एक शिशु पनि फेला परेका थिए भने तर बालक सकुशल रहेको प्रहरीले बताए ।
एक छिमेकीले प्रहरीलाई उनीहरूले बिहान करिब १ बजे बन्दुकको आवाज सुने तर तुरुन्तै प्रहरीलाई खबर नगरेको अदालतका कागजातहरूमा उल्लेख गरिएको छ।
पीडितका परिवारका सदस्यहरूले दिनभर कुनै खबर र कुराकानी नभए पछि प्रहरी अधिकारीहरूलाई सचेत गराएका थिए । अन्वेषकहरूले गोलीबारीसँग जोडिएको गाडीलाई खोजे । करिब दुई घण्टा पछि प्रहरीहरुले १८ वर्षीय आर्टिमियो माल्डोनाडो र २० वर्षीय अजुसेना सान्चेजलाई पक्राउ गरे।
सान्चेज जुआन डिएगो क्रुजको पूर्व प्रेमिका भएको आरोप लगाएका छन् र उनीहरू दुवै आफ्नो छोराको संरक्षणमा विवाद रहेको थियो । सान्चेज र माल्डोनाडो आवासगृहमा प्रवेश गरे र पीडितहरूसँग भिडन्त भएको थियो
पक्राउ परेकाहरुले अनुसन्धानकर्ताहरूलाई माल्डोनाडोले चार जनालाई गोली हानेर र अगाडिको ढोकाबाट बाहिर निस्केको बताएका थिए ।
तस्बिर कृतज्ञता : डब्लुएफएए
प्रतिक्रिया