अमेरिका, व्यवसायी एवं समाजसेवी सिर्जना श्रेष्ठको प्रस्तुती “दुई नजर” नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अमेरिकाको टेक्सास राज्यको लवक शहरमा वसोवास गर्दै आएकी श्रेष्ठले निर्माण गरेको उक्त म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रमा अहिलेका सर्वाधिक लोकप्रिय नायक पुप्प खड्काका साथै मोडलद्धय केविका खत्री र सुन्दर दासको अभिनय रहेको छ । उत्सव दाहालले छायाँकन गरेको उक्त भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका छन् ।
सुरेन गौतम र विद्या तिवारीको कर्णप्रिय स्वर रहेको उक्त गीतको रचना विष्णुरि तिमिल्सिनाले गरेका हुन् । विक्रम थापाको संगीत रहेको यो गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेको छन् । गीतको श्रव्यदृष्य सामाग्रिलाई डि स्टुडियो पुतलीसडक एवं ज्योति प्रोडक्सनमा तयार गरिएको छ ।
“दुई नजर” गीतको भिडियोमा तिम्सिनाको सम्पादन र मोडल केविकाको कोरियोग्राफि रहेको छ ।
प्रतिक्रिया