काठमाडौं । जनमत पार्टीले उपराष्ट्रपतिमा आफूले पाउनु पर्ने दावी गर्दै ममता झालाई उम्मेदवार बनाउने तयारी गरेको छ । पार्टीको जारी बैठकमा झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेको अध्यक्ष डा. सिके राउतले बताए ।
सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया