म पहिले जन्मिदाखेरी बालक थिएँ, आमाले स्याहर्थिन, आफनो शरीरको अमृत चुसाउथिन, कोकोरोमा बोक्थिन, आपाले कहिले काँहि आफनो काखमा राखेर बोक्थे । बाजे बज्यैले नानी भनेर सुम्सुम्याँउथे । छ महिना पुगेपछि, ज्योतिषी बाजेकहा गएर, साइत हेरेर लिटो ख्वाउन योग्य बनाँउथे, दश महिना पुगेपछि बामे सरेर नपुग भएर, भित्ता समाएर उभिना खोज्थे । एक बर्षको भएपछि, बाँङगो खट्टालाई लिएर सकिनसकि हिँडथे । आमा बाबुले ताता भनेर मेरा हात समाएर दुईचार पाईला हिँडाउथे र म थाक्थे बुबु र हापु खाएर सुत्थे । छ बर्ष लाग्नै लाग्दा फेरि पात्रो हेरेर साइत निकालेर नाग्फुङला घेङ –अण्डाको रोटीहरु राखेर गोरुलाई बाध्ने डोरिले मलाई बादेर मामाले मेरो लामो कपाल काटि दिन्थे र सबैले निधारमा टिका लगाएर आर्शीबाद दिन्थे । पछि थाह भो यो कार्यलाई छेवार भन्दो रहेछ । केहि समय पछि विद्यालयमा पढन साथीहरुसंग टाडा जान्थे । दश बर्षमा पुगेपछि, घरमा पूजापाठ गर्न सिकाउथे बाजेले । पन्ध्र बर्ष भए पछि दशम कक्षा उत्तिर्ण भएर, म्याट्रिकको जाँच दिएर उत्तिर्ण भएपछि मात्रै कलेज गएर पढ्ना पाउँथ्यो, र जागिरे भइन्थ्यो । विदेशमा पढनका लागि आएपछि, यतैको रमझममा रमाए, उच्चशिक्षा पनि कमाए, आफनो देशमा फर्के जान मन लागेन, देशमा बस्न त्यति सजिलो पनि थिएन । एउटा नाम चलेको वकिललाई बिन्ती विसाउन बिवस भएँ । उनलाई पहिलो किस्ता नै पचिस सय डलरको धनराशी चढाए, उन्ले बताए, तिमिहरुको देशमा माओवादीको द्न्द चर्किएको छ, एउटै उपाए छ राजनीति शरणार्थी भएर आवेदन दिनु, खुसी भएर हुन्छ भनेर फर्के आफैले पाँच बर्षको उदेर देखि तिस बर्ष हुँदा सम्म पढेको अंग्रजीले काम दिएन, कारण एक डलर नखर्चे र मेरो काम हुने रहेछ वकिललाई सात हजार डलर बुझए पछि आफैले यहाँका कस्तो रहेछ भनेर नमुना नियमहरु पढेर पत्ता लाग्यो तर मलाई पहिले के थाह थियो र अनावश्यकमा तेत्रो धनको रासी वकिललाई तिरे पछि मात्रै यहाँ बस्ने हरियो कागज पाएँ । बल्लबल्ल नकली शरणार्थी भैयो, सारा परिवारलाई झिकाइयो, पाँचबर्षमा यहाँको नागरिक बनियो ।यस्को पनि अर्कै कथा छ, नागरिक बन्ने समयमा अध्यागमनका न्यायधिशका अगाडी दाँहिने हातलाई उचालेर “ म फलानाले यस राष्ट्र्को संविधानलाई बफदारीका साथ मान्ने छु, बायशस्त्रु भित्रिशस्त्रुसंग लडन हतियार उठाएर युद्धमैदानमा जाने छु” भनेर शपथ लिएपछि, एउटा न्याचोलाईज अंकिकृत नागरिक लिए पनि पनि आफनो देशमा सिदै पर्यटक भएर जान नपाईने रहेछ । भारत भएर जाँदा पनि सिधै त्रिभुवन विमानस्थलमा अवतरण गर्न नपाई ने रहेछ । अब के गर्ने दोहरी नागरिकताको बारेमा भारतले ओसिआई कार्ड बनाएर आफनो देशमा फर्किन शुरु चल्यो, तर के गर्न पहिलेको जस्तो विवरण राख्ने बहिखातामा मात्रै नाम भए पो कसै थाह पाउने थिएन तर अहिलेको जमाना अर्कै भै सक्यो स्मार्ट फोनलाई खोलेर गुगल भन्ने ठाँउमा नाम राखेर थिच्यो भने श्यामेको नाती रामेको जलाती हर्केको छोरो बर्षयदिकोले फलानो समयमा भरेको विवरण अनुसार यो मितिमा शरणार्थी भएर पहिले ग्रिन कार्डलिएको त्यसैको आधारमा त्यहाको नागरिक बनेको भनेपछि के गर्ने ? भन्ने विवरणहरुको ओहिरो आँउदो रहेछ परेन कि फसाद ।
अब मैले पनि गैरवासीय संस्थाको सदस्यता लिएर सारा बिश्वभरि छरि बसेका सबै नेपाली मुलका दाज्यूभाईहरु तथा दिदीबहिनीहरुसंग हातेमालो बनाएर मेरो देशमा भएको सम्पतिको आधारमा मेरो बाउबाजेको भएको नाताले देशमा जान बिनारोकतोक सरासरी जान पाउन पर्छ मैले पनि नेताहरुलाई सहयोग गरेको आधारमा हरेक निर्वाचनमा मताधिकार पाउनु पर्छ, मैले जे भनेको सोचेको जस्तो संविधान सन्शोधन हुनु पर्छ मसंग धेरै बुद्धि पनि छ धन पनि छ, त्यसैले मैले भनेको भएन भने बिद्रोह हुन सक्छ । तिमीहरु नेताहरुले भन्दा मैले राम्रोसंग बोल्न जानेको छु, यताका सेनेटर देखि काँग्रेसम्यानहरुलाई मैले मेरो घरमा बोलाएर सेलरोटी ख्यखाएको छु, आलुदम के हो भनेर विश्वबजारमा देखाएको छु,गुंद््रुक आयात गर्न प्रतित पत्र खोल्न यहाँका व्यापारिक बैकलाई आदेश थिएको छु हाम्रा राम्रा कुराहरुलाई त्यँहा बोल्न हामीले यतैबाट कानून पढेर गएका वकिललाई समातेको छु र उहाँले मेरा कुराहरु र समस्याहरुलाई प्रतिनिधित्व गरेकै छन । त्यति मात्रै काहा हो, हाम्रो हरेक कार्यक्रममा आफनै देशका राष्ट्रिय गान बजाएर आफूले शरण लिएको देशका जनतालाई सुुनाएकै छु । मैले दोहोरो नागरिकताको प्रमाण पत्र नपाएर कस्ले पाउने । यो हाम्रो अधिकारको व्यहोराहरु हुन भनेर मैले मुट्की बजारेको के थियो झसंग भएर निद्रा खुले छ, ए म त सपनामा पो बोलि रहेको रहेछ । अस्तु ।
डिग बहादुर तामाङ्ग, दोलाखा, भेडापु ।
प्रतिक्रिया