मोरङ,१९ फागुन(रासस): कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम प्रदेशको ऐतिहासिक धरोहर रहेको बताउनु भएको छ।
मुख्यमन्त्री कार्कीले आज यहाँ रेडियो नेपालका कार्यकारी निर्देशकसँग बुद्धिबहादुर केसीसँगको भेटघाट एंव छलफल कार्यक्रम सो विचार राख्नु भएको हो ।
उहाँले भन्नु भयो–‘प्रदेस सरकारले रेडियो संचालन गर्ने नितिगत व्यवस्था कानुनमा नभएपनि रेडियो नेपाल जस्तो इतिहास वोकेको सस्थालाई सहयोग रहने छ’ ।
मुख्यमन्त्री कार्कीले ताराणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपाललाई थप प्रभावकारी वनाउन प्रदेश सरकार तत्पर रहेको वताउनु भयो ।
उहाँले प्रदेश सरकारले नितिगत व्यवस्था गरेर यहाँबाट कार्यक्रम सञ्चालनका लागी सञ्चारग्राम र रेडियो नेपाललाई आर्थिक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
सो अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले तारणी प्रसाद कोइराला स्मृति संचारग्राम पुर्ण रुपमा सञ्चालनमा आउन लागेकाले प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्नु भयो ।
रेडियो नेपालका निर्देशक पुष्करराज गौतम, रेडियो नेपाल धरान प्रसरण केन्द्रका प्रमुख वौयेलाल चौधरीले प्रदेश सरकारका विकासका गतिविधिलाई प्रमुख प्राथमिकतामा राखी प्रशारण गर्दै आएको बताउनु भयो ।
कोशी प्रदेश सरकारले रेडियो नेपाल धनकुटा प्रादेशिक प्रसारण केन्द्रवाट प्रदेश डायरी कार्यक्रम सञ्चालनका लागी आर्थिक सहयोग उपलव्ध गराउदै आएको छ ।
पत्रकार
प्रतिक्रिया