विश्वभर बालबालिकाको हीतमा काम गर्ने अन्तरास्ट्रिय सस्था किवानिज इन्टरनेसनल क्लबको बोर्ड अफ डायरेक्टरमा नेपालले पनि आफ्नो उम्मेद्वारी दिने भएको छ ।
नेपालका वरिष्ठ पर्यटन ब्यबसायी मोहन लम्सालले किवानिज को बोर्ड अफ ट्रस्टीमा मनोनयन दर्ता गराउन लाग्नु भएको हो । नेपाल पर्बतारोहण सघका महासचिव र मकालु टुरका सञ्चालक लम्सालले किवानिजको एसीयाबाट दुई निर्देशक हुनेमा एउटा पद खाली भएकोमा आफुहुरुले पनि दावी गरेको जनाउनुभयो । ताइवानसँगको प्रतिस्पर्धामा नेपालले जितेमा बिस्वको ८० राष्ट्रका छ लाख भन्दा बढी सदस्यमा पहुच पुग्ने र नेपालको पर्यटन प्रबर्धनमा सहयोग हुने लम्सालले जनाउनुभयो । किवानिजको उक्त निर्वाचन यही मार्च १६ देखी १८ सम्म मलेसियामा हुँदैछ ।
प्रतिक्रिया