खेलाउने कुरा भनेर घरमा ल्याएको ब’म परेछ ! एक्कासी प’ड्कियो ! यति ठुलो आवाज आयो-भिडियो सहित

इनेप्लिज २०७९ फागुन ११ गते ११:५२ मा प्रकाशित

झाडीमा भेटिएको वस्तु खेलाउन ल्याउँदा विस्फोट भएर पोखरामा दुई बालक घाइते भएका छन् ।

पोखरा-३३ ठुल्ढुङ्गामा भएको घटनामा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका हुन् । मङ्गलबार दिउँसो भएको घटनामा घाइते बालकहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये एक बालकको हात र खुट्टा तथा अर्का बालकको हातमा चोट लागेको छ । विस्फोटक पदार्थ कसले झाडीमा फाल्यो भन्ने बारे कुनै जानकारी फेला परेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=Lxq35P_RYfM&t=1s

प्रतिक्रिया