अमेरिकाका २० वटा राज्यहरुमा ५ करोड ८० लाख मानिसहरु हिमपातको प्रभावमा पर्ने , घुम्रपात समेत आउने हुनाले सतर्कता अपनाउन आह्वान

इनेप्लिज २०७९ फागुन ५ गते ०:२४ मा प्रकाशित

अमेरिकाका २० वटा राज्यहरुमा ५ करोड ८० लाख मानिसहरु हिमपातको प्रभावमा पर्ने भएकोले सतर्कता अपनाउन आह्वान गरिएको छ । एबिसीन्यूजका अनुसार करिव ५८ मिलियन अमेरिकीहरु २० वटा राज्यहरूमा गम्भीर मौसमको लागि सतर्कतामा रहेको जनाएको छ ।

जाडोले भारी हिमपात, उच्च हावा र घुम्रपात (टोर्नाडो )समेत ल्याउने अनुमान गरिएको छ। कोलोराडोदेखि अलाबामासम्म बिहीबारसम्म घुम्रपात (टोर्नाडो)को खतरा रहेको ल्याउने अपेक्षा गरिएको छ।

मेम्फिस, टेनेसी ,केन्टकी, अलाबामा ,टेनेसीका लिटिल रक, अर्कान्सास लगायत केही भागहरूमा बिहीबार बिहान घुम्रपात आउने जारी गरिएको थियो।

ज्याक्सन, मेरिडियन र ह्याटिजबर्ग सहित मिसिसिपीका केही भागहरूको लागि नयाँ घुम्रपात आउने चेतावनी जारी गरिएको थियो। मिसीसिपीको बेलुका ५ बजेसम्म रहनेछ। हावा हुरी ७० माइल प्रति घण्टा पुग्न सक्ने बताईएको छ ।

हिमपातको चेतावनी न्यू मेक्सिकोदेखि इलिनोइससम्म हिउँ फैलिने हुनाले जानकारी गराईएको छ । यो अत्यधिक चिसो बिहीबार पूर्वतिर सर्ने क्रम रहने छ भने खाडीको तटबाट ओहायोसम्म थप गम्भीर मौसमको अपेक्षा गरिएको छ।

टेक्सास देखि अलाबामा र ओहायो सम्म हानिकारक हावा र घुम्रपात(टोर्नाडो )हुन सक्छ। बिहीबार सबैभन्दा बढी हिमपात र हिउको खतरा मिसिसिपी, अलाबामा र टेनेसीमा हुनेछ भनि एबिसीन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

टेक्सस र ओक्लाहोमा प्यानह्यान्डल, क्यान्सस र दक्षिणी नेब्रास्का भरि हिमपात हुने सम्भावना रहेको छ । हिमपात दर १ देखि २ इन्च प्रति घण्टा सम्म पुग्न सक्छ । बुधवारदेखि बिहीबार राति अर्कान्सास र टेनेसीमा गल्फको बल (गोली)भन्दा ठूलो असिना आएको छ । ओक्लाहोमामा ७० माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइन्छ।

कोलोराडोदेखि मिशिगनसम्म बिहीबारसम्म भारी हिमपातको सम्भावना रहेको एबिसीन्यूजले आफ्नो समाचार लेखेको छ। केही क्षेत्रहरू विशेष गरी क्यान्सस र नेब्रास्का भरि ६ देखि १२ इन्च हिउँ पर्ने छ ।

प्रतिक्रिया