फागुन १ गते जनयुद्ध दिवस होइन कालो दिन हो । फागुन १
गते मुलुकमा ग्रहण लागेको दिन हो ।
फागुन १ गते सत्र हजार भन्दा बढी सर्वसाधारण नागरिक, सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरु मारिएका कालो दिन हो । सबै शहिदहरुलाई हार्दिक श्रद्धाञ्जली ।
फागुन १ को जनयुद्ध दिवसलाई सैनिक संगठन, जनपद प्रहरी संगठन र सशस्त्र प्रहरी बलले स्वीकार गर्ने की नगर्ने अर्थात कालो दिन मान्ने सैनिक संगठन, जनपद प्रहरी संगठन र सशस्त्र प्रहरी बललाई मेरो प्रश्न ?
जनयुद्ध के का लागि भन्ने मुख्य प्रश्न हो ?
(१) मुलुकको हितका लागि ?
(२) सत्ता लिप्साका लागि ?
यथार्थमा माओवादीले थालनी गरेको जनयुद्ध सत्ता लिप्साका लागि र व्यक्तिगत स्वार्थका लागि थियो । मुलुकको हित, सबै पार्टीका पार्टीगत कार्यकर्ताहरु, माओवादी लडाकुहरु र जनताहरुको हितको लागी होइन र थिएन । जनयुद्ध थालनी गरेका माओवादीका नेताहरूले आफनो लडाकुहरुको समेत अर्बौं रकम खाई दिए यसले प्रष्ट हुन्छ की जनयुद्ध के का लागि थियो ? माओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराई लगायतले फागुन १ गते देखि जनयुद्ध शुरुआत गरेको थियो । जनयुद्धमा माओवादीका नेताहरूले सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरुलाई निशाना बनाएको थियोे । माओवादीले थालनी गरेको जनयुद्ध पश्चात मुलुकले आजसम्म निकास पाउन सकेको छैन । मुलुकमा झनै अराजकता, अस्थिरता, विकृति र बेथिति बढेको छ । विक्रम सम्वत २०७९ साल फागुन ०१ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ ।
माओवादीले थालनी गरेको जनयुद्धमा सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरु मारिएका छन । जनयुद्ध दिवसलाई सैनिक संगठन, जनपद प्रहरी संगठन र सशस्त्र प्रहरी बलले स्वीकार गर्ने की नगर्ने कालो दिन मान्ने सैनिक संगठन, जनपद प्रहरी संगठन र सशस्त्र प्रहरी बललाई अर्थात सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरुलाई मेरो प्रश्न ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया