लोकतन्त्र ,गणतन्त्र,प्रजातन्त्र,जनतन्त्र जे जे भने पनि ,मूल धेय,शासन,सत्ता,वा प्रसाशनको सर्बोच्चता नै हो ।काले ब्राह्मण भने पनि,ब्राह्मण काले भने पनि ।
राज र राजा शब्दको उत्पत्ति बाट राज्य र राजनीतिशब्द बनेका हुन् । राजाको राज्य वा राजाकै नीति भने पनि वा राष्ट्रपतिय पद्दति भने पनि वा कार्यकारी प्रधान मन्त्रीय प्रणालि भने पनि ,शासन सत्ता संचालनको सर्बोच्चता र सर्बोपरि निकाय ,सर्बोच्च पद र संबिधान र कानुन नै रहेछन् ।राजा भएको व्यवस्थामा लोकतन्त्र र गणतन्त्रका बिशेषता राख्ता रहन्छन्,रहेका छन् र नरहेका र निरंकुस रहन पनि सक्छन् । गणतन्त्र हुदा राम राज्य वा कुनै आदर्श चरित्रवाल शासक र नागरिक बन्ने हैन रहेछ ।मुख्य सारमा राज्यको नीति पद्दति र सरकारमा रहनेहरुको चरित्र अनुसाशन,स्थापित मूल्य ,आदर्श र नैतिक धरातल र बिधि पद्धतिको सर्बोच्चता नै समग्र परिपाटिको कसि हुन सक्तछ र हो पनि रहेछ ।मुल कुरा सत्ता सन्चालकको छनौटमा नागरिकको संलग्नता रहेको ,राजतन्त्र रहदा अन्य फरक केहि रहेनछ ।
नेपालको बिगत २००७ पछि २०४६ सम्म र२०४७ पछि बर्तमान सम्मको नेपालको अर्थ- राजनीति,अर्थ- सामाजिक,अर्थ- प्रशासनिक धरातलले ,राजनीति शुशासन प्रशासन र बिकासको गति ,नीति ,र दिगोपन हेर्दा यी दुई अबधि मध्ये २०४७ पछिको अबधि समग्रको चालक राजनैतिक पद्दति असफलता उन्मुख चरित्रमा देखापर्दो छ ।समयले कता डोहोर्याउँछ ?
राजनितिप्रधान भए देश गरिबी र भ्रष्टाचारमा डुब्दाे रहेछ अर्थनिति प्रधान भए बिकास हुदाे रहेछ, भनेर बुझ्दा नेपालमा, सहि साबित होला तर एशियाका धेरै देश राजनीतिको प्रधानताले नै अगाडि लम्कदै बिश्व अर्थतन्त्रमा अग्रणि भूमिका खेलिरहेका छन्
-गिरिराज दवाडी
प्रतिक्रिया