फेरि ज्वरो आएर बोल्नै छाडे सचिन ? जिबन भरी टाउकोमा पाइप ?(भिडियो सहित)

इनेप्लिज २०७९ पुष १५ गते १०:३७ मा प्रकाशित

बालगायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ। ‘के छ हजुर?’ भनेर चर्चामा आएका बालगायक सचिन परियार हातखुट्टा दुख्ने र नचल्ने भएपछि अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न डा. सूर्य बहादुर थापालाई उद्धृत गर्दै उनीनिकट पत्रकार कमल सरगमले जानकारी दिए।

‘सचिन हल्का बोल्नसक्ने भएका छन्,’ उनले भने, ‘तर, उनका शरीरका अरु अङ्ग भने चलेका छैनन्, छिट्टै सुधार हुनेछ।’ बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका उनको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ।

टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र कालखण्डमा फरकफरक ब्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं ।

सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाएका थिए।कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भएको थियो।सचिनको बुवा तेजेन्द्रले भेटे सचिनलाई , झन्डै ७ लाख उठ्यो सहयोग तेजेन्द्र र श्रीमतीको पनि भेट भयो ।

https://www.youtube.com/watch?v=257eekZOLK0

प्रतिक्रिया