पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउनु पुर्व आज (विहिबार) बुद्ध र यति एयरलायन्सले सफल परिक्षण गरेका छन्। पोखरा ७ मा रहेको पुरानो विमानस्थल देखि हालै निर्माण भएको पोखरा १४ मा पर्ने विमानस्थलमा करिब ५ मिनेटको हवाई उडान गरी दुबै कप्पनीले सफल परिक्षण गरेका हुन्।
दुबै कम्पनीले गरेको परिक्षण उडानमा संचारकर्मी, पर्यटन व्यवसायी सहितका विभिन्न संघसंस्थाका पदाधिकारीहरु रहेका थिए ।
केही समय अघि क्यालिब्रेसन उडानको सफल परिक्षण भएको अबस्थामा विहिबार बुद्ध र एति एयरलायन्सबाट समेत सफल परिक्षण भएकोले अब पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा बाह्यि उडान हुने भएको पोखरा विमानस्थल कार्यालयका प्रमुख एवं आयोजनाका अप्रेसन प्रमुख बिक्रम गौतमले बताए ।
अग्रेंजी नयाँ बर्षको पहिलो दिन जनवरी एक (पुष १७ गते) देखि पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउने भएको उनले जनाए । हाल संचालनमा रहेको विमानस्थलबाट हेलिकोप्टर र अल्ट्रालाइडको मात्र हवाई उडान हुने भए पनि बाँकी सबै हवाई उडानहरु भने नयाँ विमानस्थलबाट हुने भएको छ ।
प्रतिक्रिया