टीकापुर सरोकार समुहले पठन संस्कृति बिकास गर्न प्रतेक महिना उत्कृष्ट पाठक पुरस्कार दिन शुरु

इनेप्लिज २०७९ पुष ७ गते २२:३६ मा प्रकाशित

टीकापुर , कैलाली । टीकापुर सरोकार समुहले कैलालीको टीकापुर क्षेत्रमा पठन संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले टीकापुर सामुदायिक पुस्तकालयमा स्वयं आइ अध्ययन गर्ने महिना भरिको एक उत्कृष्ट पाठकलाई रु. दशहजार नगद पुरस्कार सहित सम्मान पत्रले यहि मंसिर महिना देखि पुरस्कृत गर्न थालेको छ ।

आज टीकापुर सामुदायिक पुस्तकालयमा आयोजित एक बिशेष कार्यक्रममा टीकापुर पोलिटेकनिक इन्सिट्युटका उपेन्द्र चौधरीलाई मंसिर २०७९ का लागि उत्कृष्ट पाठकको रु दशहजार नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत चौधरीलाई टीकापुर नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष मोहन बिक र वरिष्ठ शिक्षाविद यज्ञमुर्ति अर्यालले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशी र टीकापुर सरोकार समुहका सचिव नवराज भट्टराईले पुरस्कारको औचित्य माथी धारणा प्रस्तुत गर्नु भएको थियो ।

सरोकार समुहका सचिव नवराज भट्टराईका अनुसार पुस्तकालय र समुहको सहकार्यमा आगामी एक बर्ष सम्म प्रतेक महिना यो पुरस्कार प्रदान गरिनेछ । मंसिर २०७९ को पुरस्कार नेपाल अफ्रिका साहित्य समाजले प्रायोजन गरेको थियो ।

प्रतिक्रिया