क्यानाडाका नेपालीले नयाँ बर्ष, गायक शिव परियारसंग मनाउने !! 

मदन बस्नेत, क्यानाडा २०७९ मंसिर २६ गते २२:३७ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। क्यानाडाको मुख्य शहर टोरोन्टो, मिसिसागा, ब्राम्प्टन लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले नयाँ बर्ष २०२३ गायक शिव परियारसंगै नाच्दै ,गाउँदै र रमाउँदै मनाउने भएका छ्न्। क्यानाडामा होलिडे सिजनको उत्सवमय माहोल र आउँदै गरेको नयाँ बर्ष २०२३ को शुभ साईत पारेर क्यानाडाको जिटिए क्षेत्रमा बसोबास गरिरहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले नेपाली उद्दमीहरुको समूह”एटिएम”  अन्तर्गतको उत्सव बियर, वर्ल्ड ड्राइभ डेन्टिस्ट्री र नेपाली म:म: हाउसले “२०२३ को पहिलो दिन र साँझ, गायक शिव परियारको साथ” नामक सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

नयाँ बर्ष २०२३ को पहिलो दिन जनवरी १ तारीख आईतवार मिसिसागा स्थित प्रीत प्यालेस ब्याङ्क्वेट हलमा साँझ ६ बजे नेपाली गायन जगतका चर्चित हस्ती शिव परियारको बिशेष प्रस्तुति रहनेछ।

सांगीतिक कार्यक्रमका आयोजक मध्येका एक उत्सव बियरका सिईओ अनिल थापाका अनुसार कार्यक्रममा सहभागीताकोलागि लाग्ने ४० डलरको प्रवेश शुल्क बापत सहभागीहरुकालागी चिया, कोल्ड ड्रिङ्स, स्न्याक्स र डिनरको ब्यबस्था गरिनेछ।

त्यसैगरी सांगीतिक माहोलमा रम्न र झुम्न चाहने संगीतका पारखीहरुकालागी छुट्टै “ओपन क्यास बार” को पनि बन्दोबस्त गरिने छ। कार्यक्रममा सहभागिता जनाउन आउनेहरुको आकर्षक पहिरन र गायक शिव परियारको गीत संगीतमा फ्लोरमा बिशेष नृत्य प्रदर्शन गर्ने सहभागी मध्येबाट उत्कृष्टलाई छनौट गरि बिशेष उपहार पनि प्रदान गरिनेछ।

नभेटि नभेटी,आँशुको अर्थ, अलिकती नजर तिम्रो, अल्लारे मई हो, पिलायो साथीले, प्रेमको फूल जस्ता दर्जनौं सदाबहार हिट गीतका धनी गायक शिव परियारको नयाँ बर्षको दिन हुन गईरहेको उक्त सांगीतिक प्रस्तुतिलाई क्यानाडा जिटिए क्षेत्रका नेपालीहरुले ब्यग्रताकासाथ प्रतीक्षा गरिरहेका छ्न्।

प्रतिक्रिया