काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको खबर बाहिरिएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झु न्डिएको अवस्थामा उनको शव भेटियो ।
केहि महिना अघि मात्रै चिसापानी घर भएका ३० वर्षीय सुन्दर थापासँग उनको विवाह भएको थियो । विवाह भएको मात्र ७ महिनामा उनले ज्यान गुमाएकी छन् । चन्द्रागिरि नगरपालिका–१२ स्थित जम्बुटोल उनको माइती हो । दीपाका माइती पक्षले उनको हत्या भएको दाबी गरेका छन् । दीपाका श्रीमान् सुन्दर थापालाई ‘ज्यान सम्बन्धी कसुर’मा मुद्दा चलाउन माइती पक्षको माग छ ।
दीपाका बुवा रत्नप्रसाद पराजुलीले बताए अनुसार पैसाको लागी टर्चर दिएर छोरीको हत्या गरेको जानकारी दिएका छन् । उनले भने–‘मेरी छोरीको हत्या भएको हो, निष्पक्ष छानबिन हुनु पर्छ र दोषीलाई कारबाही हुनुपर्छ ।’ मेरी छोरी रुख चढ्न नजान्नेले र चप्पल लगाएरै झुन्डिएको हुनाले हत्या गरेर झुन्ड्याएको हुनसक्ने बुवा रत्नप्रसाद पराजुलीकको दाबि रहेको छ ।
दीपाका श्रीमान् सुन्दरलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अस्वीकार गरेको मृतकका बुवाले जानकारी दिए । २५ वर्षीया दीपाको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
सलमा पासो लागेर झुन्डिएको अवस्थामा भेटिएकी उनको घाँटीमा डोब देखिएको छ । प्रहरीले आरोपीलाई आत्मदाह दुरुत्साहन मुद्दा चलाउने तयारी गरेको छ । तर, माइती पक्षले ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया