सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीले भदौ ६ गते अब साथीसँग बस्छु भन्दै फोन गरेको होस्टलका सञ्चालकले बताएका छन्
होस्टल सञ्चालक भन्छन्- भदौ ५ गते युवतीसँग सम्पर्क भएन, भोलिपल्ट अब साथीसँग बस्छु भनिन्
काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीले भदौ ६ गते अब साथीसँग बस्छु भन्दै फोन गरेको होस्टलका सञ्चालकले बताएका छन्।
युवती बस्दै आएको नयाँ बानेश्वरस्थित आँगन होस्टलका सञ्चालक नारायणबहादुर बलामीले ती युवतीसँग भदौ ५ गते सम्पर्क नभएको र भोलिपल्ट फोन गर्दा अब साथीसँग बस्छु ।
भन्दै खबर गरेको प्रहरीसँग बताएका छन्। सन्दीपले भदौ ५ गते राती होटलमा आफूलाई बलात्कार गरेको युवतीको दाबी छ।
होस्टल सञ्चालक बलामीका अनुसार पीडित भनिएकी युवती हरेक दिन बिहान ६ बजे कलेज जाने र त्यसपछि जापनिज भाषा सिक्न जान्छु भन्दै निस्कने गरेकी थिइन्।
‘पीडित भनिएकी युवती भदौ ५ गते बिहान करिब ६ बजेको समयमा कलेज जान्छु भनी होस्टेलबाट बाहिर गएकोमा बेलुका सम्म समेत होस्टेलमा नआएपछि किन आइनन् भनी निजले मेरो श्रीमतीलाई दिएको मोबाइल नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेको थिएन ।
त्यसको भोलिपल्ट समेत निज होस्टेलमा नआएपछि निजको मोबाइल नम्बरमा फोन सम्पर्क गर्दा म अब साथीसँग बस्छु भनेकोले मैले ठिकै छ भनेको थिएँ’, होस्टल सञ्चालक बलामीको बयान छ,
‘मिति २०७९ साल भाद्र महिनाको २२र२३ गते तिर हुनुपर्छ, सोसियल मिडियामा क्रिकेट खेलाडी सन्दीप लामिछाने उपर एक जना होस्टेलमा बस्ने नाबालिगले जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको भन्ने कुरा थाहा पाएको थिएँ।
प्रतिक्रिया