रुसमा युद्ध विरोधी प्रदर्शनमा लाठी प्रहार र लछार पछार सहित १,०४५ जना पक्राउ

इनेप्लिज २०७९ असोज ५ गते २२:१३ मा प्रकाशित

रुसका दुई दर्जन भन्दा ज्यादा शहरमा युद्ध विरोधी प्रदर्शनमा भएको कडा कारवाईमा कम्तिमा १,०४५ जनालाई रुसमा हिरासतमा लिइएको स्वतन्त्र अनुगमन समूह ओभीडी-इन्फोले बुधबार जनाएको छ।

रुसले आंशिक परिचालनको घोषणा गरेपछि रुसमा भएको प्रदर्शनमा १ हजार भन्दा ज्यादालाई पक्राउ गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धका लागि सेनाको उपलब्धता बढाउन आंशिक परिचालन गर्ने घोषणा गरेपछि सेन्ट पिटर्सबर्गमा भएको विरोध प्रदर्शनमा करिब १०० जना पक्राउ परेका थिए।

ओभीडी-इन्फोले संचार माध्यम (टेलिग्राम च्यानल)मा जारी गरिएका तस्बिरहरूले सेन्ट पिटर्सबर्गमा प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध लाठी प्रयोग गरेको देखाएको छ।

सिएनएनका अनुसार धेरै शहरहरूमा विरोधहरू प्रदर्शन भएको छ भने प्रत्येकमा दर्जनौ व्यक्तिहरूले सहभागिता जनाएका थिए।

मस्कोका भएको प्रदर्शनमा देखाईएका अङ्कियदृश्य (भिडियो)हरूले शहरको केन्द्रमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरूलाई प्रहरीहरुले लछार पछार गर्दै लगेको देखाएको छ।

येकातेरिनबर्ग शहरमा प्रहरी अधिकारी र प्रदर्शनकारीबीचको झडपको अङ्कियदृश्य (भिडियो ) बाहिर आएको छ । बेलुका ८ बजेसम्म मस्कोको समय सम्म ओभीडी-इन्फोलेको अनुसार रूसका ३० शहरहरूमा ५३५ जनालाई हिरासतमा राखिएको सिएनएनले उल्लेख गरेको छ । तर सिएनएनले अध्यावधिक गरेको समाचारमा १ हजार नाघेको जनाएको छ ।

प्रदर्शनकारीहरुलाई इर्कुत्स्क र क्रास्नोयार्स्क, येकातेरिनबर्ग, चेल्याबिन्स्क, नोवोसिबिर्स्क, उलान-उडे, टोमस्क, उफा, पर्म, बेल्गोरोड तथा मस्कोबाट गिरफ्तार गरिएको थियो।

मस्को अभियोजकको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशित गरी नागरिकहरूलाई विरोध प्रदर्शनमा भाग नलिन चेतावनी दिँदै १५ वर्षसम्म कारागार सजायको धम्की दिएको छ ।

प्रतिक्रिया