गत शनिबार रुसी आक्रमणको कारण युक्रेनको कम्तीमा ३० वटा क्षेत्रमा क्षति पुगेको सेनाले जनाएको छ । युक्रेनी सेनाका अनुसार शनिबार रुसी आक्रमणका कारण देशभरका कम्तीमा ३० क्षेत्रका पूर्वाधारमा क्षति पुगेको छ ।
युक्रेनको सशस्त्र बलका सहायक सैन्य अधिकारी (जनरल स्टाफ)का प्रवक्ता ओलेक्सान्डर शुटपुनले युक्रेनको भूभागमा रहेका सैनिक र नागरिक सुविधाहरूमा चार पटक क्षेप्यास्त्र , १५ पटक उड्डयन र २० पटक बहुप्रक्षेपण प्रक्षेपास्त्र प्रणालीबाट प्रहार गरेको एक अङ्किय दृश्य(भिडियो)मा बताए ।
शुटपुनले रुसी आक्रमणबाट प्रभावित भएका अधिकांश क्षेत्रहरु खार्किभ, सिभर्स्क, ड्रुज्किभ्का, कोस्टियन्टिनिभका, न्यूयोर्क, मारिन्का, क्रास्नोहोरिभ्का, पोल्टाभका, क्रिभिई रिह, जापोरिज्हिया, निकोपोल, ओरिखिभ, माइरोल्युबिभका र ओचाकिभ रहेको बताए।
आक्रमणको समयमा युक्रेनी उड्डयनले १० वटा क्षेप्यास्त्रहरु हानेको उनले बताए ।
तस्बिर कृतज्ञता : एएफपी
प्रतिक्रिया