संयुक्त राष्ट्र संघको महासभाले शुक्रबार युक्रेनका राष्ट्रपतिलाई रुसको आक्रमणसँग जुध्न आवश्यक भएकोले विश्व नेताहरूको अर्को साताको भेलामा पूर्व-अभिलेखन (रेकर्ड) गरिएको सम्बोधन गर्न अनुमति दिन मतदान गर्यो । मतदान पछि उनले अब सम्बोधन गर्न पाउने भएका छन।
१९३ सदस्यीय विश्व निकायले भोलोडिमिर जेलेन्स्कीको भर्चुअल(परोक्ष )सम्बोधनलाई १०१-७ को मतले अनुमोदन गर्यो । र ,चीन सहित १९ अनुपस्थित रहेका थिए। “नो ” अर्थात् हुन्न भन्ने पक्षमा सात देशहरू बेलारुस, क्युबा, इरिट्रिया, निकारागुआ, उत्तर कोरिया, रुस र सिरिया रहेका थिए।
युक्रेनले प्रस्ताव गरेको र ५० भन्दा बढी सह-प्रायोजक रहेको कागजातले जेलेन्स्कीलाई महासभा कक्षमा हलमा बजाउनको लागि पहिलेनै अभिलेखन (प्रि -रेकर्ड गरिएको वक्तब्य पेश गर्न अनुमति दिएको छ । यसले भविष्यमा उच्चस्तरीय सभाको बैठकको उदाहरण नबनाउने कुरामा जोड दिएको एबिसीन्यूजले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
युक्रेनी राजदूत सर्गे केसलेत्साले सन्तुष्टि व्यक्त गर्दै सभाले यस युद्धको विश्वव्यापी मामिलामा र विशेष गरी संयुक्त राष्ट्रमा कसरी प्रभाव पार्छ भन्ने बारेमा जेलेन्स्कीबाट सीधा सुन्नको लागि मौका पाउने बताए ।
उनले एसोसिएटेड प्रेससँगको एक अन्तर्वार्तामा कृतज्ञता व्यक्त गरे । उनले अगाडी भने १०१ संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूले जेलेन्स्कीको सुनुवाइलाई यस्तो सशक्त समर्थन दिएको हर्ष व्यक्त गरे ।
रुसले उनको भाषणको विरोध गर्न केवल छ वटा अन्य देशहरूलाई जम्मा गर्नु “दयनीय” भएको बताए । भारत सहित १०० भन्दा ज्यादा राष्ट्रहरुले बोल्न दिने पक्षमा मतदान गरेका थिए ।
प्रतिक्रिया