लन्डनमा छुरा प्रहारबाट २ प्रहरी घाइते

इनेप्लिज २०७९ भदौ ३१ गते ११:३३ मा प्रकाशित

लन्डनको प्रहरी बलले शुक्रबार बिहान मध्य लन्डनमा छुरा प्रहार गरेपछि दुई अधिकारीलाई अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

प्रहरी अधिकारीहरुमा एक पुरुष र एक महिला रहेका छन् । घाइतेहरूलाई अस्पताल लगिएको छ भने उनीहरु खतरामुक्त रहेको प्रहरीले बताएका छन् ।

प्रहरी प्रमुख मार्क राउलीका अनुसार महिला अधिकारीको हातमा गम्भीर चक्कु चोट लागेको छ भने उनको सहकर्मीलाई घाँटी र छातीमा छुरा प्रहार गरिएको छ ।

यसै सिलसिलामा २० बर्षिय मानिएको एक व्यक्तिलाई गम्भीर शारीरिक हानि र आपतकालिन कामदारलाई आक्रमण गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले पक्राउ गर्दा बेहोस हुने (टेजर) प्रयोग गरिएको र संदिग्धलाई सावधानीका रूपमा केही समयका लागि अस्पताल लगिएको बताएको छ ।

यो घटना लन्डनमा रानी एलिजाबेथ द्वितीयको लागि शोक गर्नेहरूको भिड भएको बेला आएको हो । तर छुरा प्रहार कुनै पनि स्मारक स्थलहरू नजिक नभएको जनाईएको छ ।

लन्डनका नगर प्रमुख सादिक खानले आक्रमणलाई “पूर्ण रूपमा डरलाग्दो” को संज्ञा दिएका छन् ।

प्रतिक्रिया