जेलेन्स्कीको सवारी साधन अर्को गाडीसँग ठोक्कियो ,गम्भीर चोटपटक लाग्न पाएन

इनेप्लिज २०७९ भदौ ३० गते १:२७ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको सवारी साधनको अर्को गाडीसँग ठोक्कियो छ भने तर उनलाई गम्भीर चोटपटक भने नलागेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपतिको संचार सचिवको विज्ञप्तिमा भनिएको छ, “युक्रेनका राष्ट्रपतिको गाडी र रक्षक दल (एस्कर्ट )गाडीसँग ठोक्कियो।” जेलेन्स्कीसँगै आएका चिकित्सकहरूले सवारी साधन चालकलाई आपतकालीन सहायता गरे र उनलाई रुग्णवाहन (एम्बुलेन्स)मा स्थानान्तरण गरे भनि बिज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिलाई चिकित्सकले जाँच गरे , कुनै गम्भीर चोटपटक भेटिएन।” अधिकारीहरूले घटनाको परिस्थितिको अनुसन्धान गरिरहेका छन्।

यसअघि बुधबार जेलेन्स्कीले खार्किभको उत्तरपूर्वी क्षेत्रमा भर्खरै मुक्त गरिएको इजियमको भ्रमण गरेका थिए । सेनाको एक इकाईको सामाजिक संजाल पन्नामा प्रकाशित तस्विरहरुमा जेलेन्स्की शहरको प्रशासनिक भवनमा युक्रेनी झण्डा फहराउनको लागि मुख्य चौकमा आयोजित समारोहमा देखाइएको थियो।

साथमा रक्षा उपमन्त्री हन्ना मलियार पनि उपस्थित थिए भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया