‘सजिलो सेवा’ले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

इनेप्लिज २०७९ भदौ २८ गते २२:५३ मा प्रकाशित

जुन २०१७ मा २ म्यानेजमेन्टका विद्यार्थी र १ इन्जिनियरले काठमाडौँका घर तथा अफिसलाई दैनिक रुपमा चाहिने  विद्युत तथा प्लम्बिंग सम्बन्धी सानोतिनो समस्याको लागि सेवा चाहिँदा खेप्नुपर्ने सास्तीलाई समाधान गर्न बिल्कुल नयाँ व्यावसायिक मोडेलका साथ् एउटा कम्पनी सुरु गरेका थिए जसको नाम थियो ‘सजिलो सेवा’ l

यस कम्पनीले आफ्नो सुरुवाती दिनमै उद्यमशीलतालाई प्रोत्साहन दिन सुरु भएको टेलिभिजन रियालिटी शो “आइडिया स्टुडियो भाग २” मा धेरै प्रशंसा प्राप्त गरी सो सिजनको विजेता समेत बन्यो l

यस क्षेत्रमा पायोनियर बनेको सजिलो सेवा टिमले आफ्नो स्थापनाको ५ वर्ष मनाएको केहि समयमै प्रविधिमैत्री नवीनतालाई जारी राख्दै दुवै IOS तथा android लाई हुने गरि नयाँ सजिलो सेवा एप लिएर आएको छ l हालसम्म २५० Experts बाट  ४०,०००+ सेवा प्रदान गरिसकेको अनुभव बोकेको टिमले आफ्नो सेवालाई अटोमेट गर्न विगत १ वर्ष देखि काम सुरु गरेको थियो l

कम्पनीले अब यस एप मार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै   होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिंग, ड्राइभर, क्लिनिंग तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु प्रदान गर्ने छ l

ग्राहकहरुका लागि यस एपका मुख्य विशेषताहरु निम्न उल्लेख गरिएको छ l

  • सहजै सेवा बुकिंग गर्न सकिने
  • सेवाहरुको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने
  • सेवा बुकिंग गर्नु अगावै आफुलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने
  • आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने
  • ३० दिनको सर्भिस वारेन्टी
  • विभिन्न अनलाइन पेमेन्टको विकल्प रहेको
  • र एप मार्फत विभिन्न discount तथा cashbackहरु पाईने

सुरुवाती दिनहरुमा (भाद्र १७, २०७९ देखि कार्तिक ७, २०७९  गते सम्म) कम्पनीले  ग्राहकहरुका लागि निकै लोभलाग्दो अफरहरु पनि छन्

  • एप  Download र Sign Up  गरेका मध्ये १ भाग्यशाली विजेताले जित्न सक्नुहुनेछ IPHONE 11
  • Promocode ‘Sajiloapp’ प्रयोग गरेर आफ्नो पहिलो अर्डरमा ५०% छुट।
  • NIC Asia card र QR, Esewa र Khalti बाट भुक्तानी गर्दा रु ३०० सम्म Cash back

ग्राहकहरुको लागि मात्र नभई कम्पनीले सेवा प्रदायकहरुका लागि पनि “Sajilo Experts” नामक एप दुवै IOS तथा android मा कम्पनीले ल्याएको छ, जसले गर्दा सेवा प्रदायकहरुले छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सक्नुहुने छ l

“Sajilo Expert” एप मार्फत हामीले दक्ष जनशक्ति पहिचान गरि वहाँहरुलाई प्रयाप्त रोजगारीको अवसर श्रीजना गर्ने लक्ष हामी सजिलो सेवा टिमले लिएका छौँ l

Sajilo Expert एपका मुख्य विशेषताहरु निम्न उल्लेख गरिएको छ l

  • ठुलो बजारमा आफ्नो सेवा सहजै उपलब्ध गर्न सक्ने एउटा सजिलो प्ल्याटफर्म
  • सेवाको उचित मूल्य प्राप्त गर्न सकिने
  • आफ्नो अनुकूल अनुसार काम गर्न पाईने

‘सजिलो सेवा’ नेपालको सबैभन्दा ठुलो सेवाको बजार बन्ने लक्ष्यको नजिक पुग्ने एउटा मुख्य कोसे ढुङ्गो यो एप हो l यसपछि कम्पनीले १०० भन्दा धेरै सेवालाई यस एपमा थप्दै जाने छ भने आफ्नो सेवालाई छिटै नेपालभरि विस्तार गर्ने लक्ष कम्पनीले लिएको छ l यसो गर्दा कम्पनीले नेपाली बजारमा दैनिक ५००० भन्दा धेरै रोजगारीको अवसर श्रीजना गरेर नेपाली युवा जनशक्तिलाई सीप र रोजगारीको माध्यममार्फत सशक्तीकरण गर्ने छ l

केहि महिना अगाडि, सजिलोले ट्रू नर्थ एसोसिएट नामक प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कम्पनीबाट रु. १० करोडको लगानी प्राप्त गरेको थियो l एप लन्चका साथै कम्पनीले काठमाडौँ भन्दा बाहिर सेवा बिस्तारलाई पनि उत्तिकै महत्व दिएको छ l आउँदो असोजको महिनासम्म सजिलो सेवाले आफ्नो सेवा पोखरामा पनि विस्तार गर्दैछ l

यसका अलावा, सजिलो सेवा टिमको लक्ष्य भनेको नेपाली बजारमा दक्ष जनशक्तिको विकास पनि रहेकोले, सजिलो सेवाले आफ्नो क्षमता बढाउन चाहानेहरुका लागि छिटै आफ्नो ट्रेनिंग सेन्टर स्थापना गर्ने छ l यसले गर्दा स्वदेशमै पर्याप्त दक्ष जनशक्ति उत्पादन गरेर सो जनशक्तिलाई स्वदेशमै पर्याप्त आम्दानी गर्ने अवसर प्रदान गरेर वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गर्ने लक्ष कम्पनीले लिएको छ l सजिलो सेवाले आगामी ५ वर्ष भित्र ५००० भन्दा बढि जनशक्तिलाई रोजगारीको अवसर प्रदान गर्ने लक्ष लिएको छ l

सजिलो सेवालाई सजिलै

Play Store मा: shorturl.at/qsT37

App Storeमा: shorturl.at/cfP02

वेबसाईट: sajilosewa.com

फेसबुकमा:  www.facebook.com/sajilosewa.np

इन्स्टाग्राममा: www.instagram.com/sajilosewa.np/

र हटलाईन नम्बर:  980188828,मार्फत सम्पर्क गर्न सकिन्छ l

)

प्रतिक्रिया