चार्ल्स तृतीय आधिकारिक राजा भएको घोषणा गरिएको छ । आधिकारिक राजा भएको घोषणा सेन्ट जेम्स दरबारको काउन्सिलको क्लर्क(पदारोहण/राज्यरोहण-परिषद)द्वारा चार्ल्सलाई राजा घोषित गरिएको छ ।
इतिहासमा पहिलो पटक समारोहको प्रत्यक्ष प्रसारण भइरहेको सिएनएनले जनाएको छ ।
राजा चार्ल्सले आफ्नी आमा, स्वर्गीय रानीलाई आफ्नो घोषणाको क्रममा श्रद्धांजलि अर्पण गर्दै भने “उनको शासनकालको अवधि, समर्पण र भक्ति अतुलनीय थियो। हामी शोकमा परेता पनि, हामी यो सबैभन्दा विश्वासयोग्य जीवनको लागि धन्यवाद दिन्छौं।”
उनले अगाडी भने “मलाई दिइएको वजनदार कार्य पूरा गर्नमा म अब मेरो बाँकी रहेको जीवन समर्पण गर्दछु, म सर्वशक्तिमान ईश्वरको निर्देशन र मद्दतको लागि प्रार्थना गर्दछु।”
चार्ल्सले शपथमा हस्ताक्षर गरेका छन भने उनका छोरा प्रिन्स विलियम लगायतका साक्षीहरूले कागजातमा आफ्नो हस्ताक्षर गरेका छन् ।
आफ्नो भाषणमा उनले भने हामी सबैलाई एक परिवारको रूपमा मेरी आमाले जीवनभरको माया र निस्वार्थ सेवाको उदाहरण दिनुभयो।
म यो महान विरासत र सार्वभौमसत्ताको कर्तव्य र जिम्मेवारीहरुको बारेमा गहिरो सजग छु जुन अब म मा गएको छ ,उनले भने । यी जिम्मेवारीहरू बहन गर्दा, म संवैधानिक सरकारलाई कायम राख्न र विश्वभर रहेका राष्ट्रमण्डल क्षेत्र र क्षेत्रहरूका जनताको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि स्थापित गरेको प्रेरणादायी उदाहरणलाई पछ्याउने प्रयास गर्नेछु।
प्रतिक्रिया