क्यानडामा छुरा प्रहार गरि १० जनाको ज्यान लिने दुई फरार व्यक्ति मध्ये १ मृत अवस्थामा फेला ,अर्का अझै फरार

इनेप्लिज २०७९ भदौ २० गते २३:११ मा प्रकाशित

क्यानडाको सास्काचेवानमा छुरा प्रहार हुँदा १० जनाको ज्यान लिने कूल १८ जनालाई घाइते बनाउने दुई संदिग्ध मध्ये १ मृत अवस्थामा फेला परेको क्यानाडाली अधिकारीहरूले बताएका छन् ।

गत आइतबार १३ वटा विभिन्न स्थानमा छुरा प्रहार भएको प्रहरी विभागले जनाएको थियो ।

दुई संदिग्धहरू मध्ये डेमियन स्यान्डरसन आज बिहान मृत फेला परेको सास्काचेवानका सहायक आयुक्त रोन्डा ब्ल्याकमोरले एक पत्रकार सम्मेलनमा भनिन ।

ब्ल्याकमोरका अनुसार उनले आफै चोटहरू लगाएको जस्तो नदेखिएको बताइन । उनका भाई माइल्स स्यान्डरसन अझै फरार छन् । संदिग्ध माइल्स स्यान्डरसन घाइते भएको विश्वास गरिएको छ र उनी फरार छन्, क्यानाडाली अधिकारीहरूले एक पत्रकार सम्मेलनमा भने।

क्यानडाको सास्काचेवानमा पहिलो छुरा प्रहार स्थानीय समय अनुसार बिहान ५:४० बजे भएको खबर प्रहरीलाई दिईएको थियो ।

केही मिनेटमा थप छुराहरू प्रहार भएका थुप्रै सुचनाहरु प्राप्त भएको थियो भनि प्रहरी विभागले बताएका थिए ।

प्रतिक्रिया