ब्राजिलका एक माझी एट्लान्टिक महासागरमा उनको डुंगा डुबे पछि समुन्द्रमा तैरि रहेको हिमीकरण यन्त्र(फ्रिजर)मा एक्लै तर्दै ११ दिनसम्म बाच्न सफल भएका छन ।
रोमुआल्डो म्यासेडो रोड्रिग्ज नामक ती व्यक्ति एक माछा मार्ने माझी हुन्। अगस्तको सुरुमा माछा मार्ने यात्राको क्रममा उनको डुङ्गा चर्के पछि पानीले भरिन थाल्यो र उत्तरी ब्राजिलको तटमा जहाज डुब्यो।
उहाँ जीवित रहनको लागि तैरिरहेको हिमीकरण यन्त्रमा (कूलर )भित्र हाम फाल्न सक्षम भए । माछा मार्ने माझीहरूको समूहले उहाँलाई ११ दिनपछि सुरिनामको तटमा भेट्टाए।
सिएनएनले जनाए अनुसार उनको सुरिनामको अस्पतालमा उपचार गरिएको थियो र अधिकारीहरूले केही दिनको लागि उनलाई हिरासतमा राखेका थिए किनभने उनीसँग उचित कागजातहरू थिएनन्।
अहिले उनी ब्राजिल फर्किसकेका छन् । “मेरो पुनर्जन्म भएको छ । मैले यो कथा सुनाउने छैन भन्ने सोचेको थिएँ, तर म यहाँ फर्किएँ,” उनले भने ।
“म निराश भएको थिएँ। मैले सोचें कि मेरो अन्त्य आउँदैछ। तर भगवानलाई धन्यवाद, भगवानले मलाई अर्को मौका दिनुभयो,” रोड्रिग्सले स्थानीय संचार माध्यम रेकर्ड टिभी(दूरदर्शन)लाई भने। “मैले यो (हिमीकरण यन्त्र ) डुबेको देखेँ। मैले त्यस भित्र हाम फालें ,उनले थपे ।
माझीले आफूलाई पौडी खेल्न नजानेको बताए।
“शार्कहरूले हिमीकरण यन्त्र (फ्रिजर)लाई घेरेका थिए, तर तिनीहरू गए। मैले सोचे म माथि आक्रमण हुनेछ। म हिमीकरण यन्त्रको माथि बसें, मलाई निद्रा लागेन। मैले बिहान देखेँ र साँझ पनि देखे र मलाई बचाउन कसैलाई पठाउनुहोस् भनी भगवानसँग बिन्ती गरे ।”
अन्ततः यन्त्र भित्र पानी पर्न थाल्यो, र उसले यसलाई बाहिर निकाल्न आफ्नो हात प्रयोग गरेको बताए। उनीसँग खाना र पानी केही नभएको बताए ।
“म आफ्ना छोराछोरी, मेरी श्रीमतीको बारेमा सोचि रहन्थे । हरेक दिन म मेरी आमा, मेरो बुबा, मेरो सम्पूर्ण परिवारको बारेमा सोच्दथे । यसले मलाई बल र आशा दियो ..तर त्यतिबेला मलाई अर्को कुनै उपाय छैन भन्ने लाग्यो,” उनले भने ।
जब माछा मार्ने माझीहरू आइपुगे । मैले उनीहरुको आवाज सुनें, । मैले हात उठाएर मद्दत मागेँ र मलाई उद्धार गरे । त्यो हिमीकरण यन्त्र (फ्रिजर) मेरो जीवनमा भगवान हुनुहुन्थ्यो। चमत्कार भयो ,उनि दङ्ग भए ।
प्रतिक्रिया