मिटर ब्याजीको सम्बन्धमा कार्यदलले छलफल गरेको छ

इनेप्लिज २०७९ भदौ १२ गते २२:२५ मा प्रकाशित

विराटनगर, १२ भदौ(रासस): मिटर ब्याजीका कारण पीडितहरु धनसम्पति मात्र होइन जेल जीवन पनि बिताएका गुनासो गरेका छन् ।

मिटर ब्याजीका कारण नागरिक समस्यामा पर्न थालेपछि सङ्घीय गृह मन्त्री बालकृष्ण खाणले गएको साउन २७ गते गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुषालको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलको निर्देशन अनुसार मिटर ब्याजीबाट पीडितहरुको गुनासो सम्बन्धमा जारी गरेको सूचनाको आधारमा मोरङमा तोकिएको समय भदौ ५ गते सम्ममा ३७ वटा र त्यसपछि पाँच वटा गरी ४२ वटा निवेदन दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

मिटर ब्याजीको सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पीडित विराटनगर महानगरपालिका वडा नं १८ निवासी बेचन दासले स्थानीय बासुदेव मण्डलसँग रु.एक लाख कर्जा लिएको र सो कर्जा वापत धितोमा १५ धुर जग्गा पास गराएको मण्डलले अहिले पीडित दाससँग रु.१५ लाख मागि रहेको बताउनुभयो । उहाँले रु.एक लाखको कर्जामा रु.१५ लाख कहाँबाट बुझाउने गुनासो गर्दै भत्रुभयो, ‘ जग्गाको मूल्य रु.३० लाख छ, लोभ लागेर पिडकले पीडितलाई दुःख मात्र होइन जग्गा नै हड्प्न खोजेको छ, कसरी न्याय पाउनु हजुर ।’

यस्तै, विराटनगर महानगरपालिका वडा नं १८ निवासी जितेन्द्र साहले स्थानीय जितेन्द्रकुमार रजकसँग रु.पाँच लाख क्रृण लिएको र उहाँले पीडित १० कठ्ठा जग्गा रजिष्ट्रेशन पास गराएको छ, मेरो त सबै सम्पति नै रजकले हड्पेको गुनासो गर्नुभयो ।

मोरङको कर्सिया निवासी मिरहीदेवी पासवानले छोरीको बिहेको लागि स्थानीय एक जनासँग रु.तीन लाख कर्जा लिएको र १८ धुर जग्गा धितोमा पास गरिदिएको र अहिले पिडकले रु.१६ लाख मागिरहेको छ, मेरो श्रीमान् स्र्ववास हुनु भयो, म अरुको घरमा काम गर्छु म कहाँबाट यति धेरै पैसा ल्याउनु, मैले खाएको क्रृण तिरेको छु, तर साहुले मेरो जग्गा फिर्ता गर्न मानेको छैन न्याय पाउँ हजुर भत्रुभयो ।

यस्तै, विराटनगर महानगरपालिका वडा नं ८ निवासी रामनारायण साहले रु एक लाख ५० हजार क्रृण लिएको र सो क्रृण वापत आफूले रु.एक करोड ५० लाख भन्दा बढी तिरिसकेको बताउँदै पिडकको कारण आफूलाई धेरै ठूलो नोक्सानी भएको गुनासो गर्नुभयो ।

विराटनगरकै जगदीश साहले स्थानीय सिद्धिकी ताज बब्बरसँग एक हप्ताका लागि रु.दुई लाख कर्जा लिएको र एक हप्ता पछि क्रृण चुक्त्ता गर्न गएपछि मलाई अपहरण गर्ने शैलीमा छ घण्टा बन्दी बनाएर रु.१५ लाखको कागज बनाएको गुनासो सुनाउँदै भत्रुभयो, ‘ सो कागजको कारण म केही दिन जेलमा बसे र रु.१८ लाख तिरेर जेल मुक्त्त भएको कारण मेरो मन अहिले पनि त्राहीमान छ।’

कार्यदलका संयोजक डा भुषालले न्यायपूर्ण समाज निर्माण गर्न देखिएको यस्ता समस्या एवं चुनौतीलाई समाधान गर्न नै कार्यदल बनेको स्पष्ट पार्दै भत्रुभयो, ‘ मिटर ब्याजीका कारण नागरिक गरिबीको दुषचक्रमा मात्र होइन, विभित्र किसिमको अपराधको शिकार पनि बनेको छ ।’

उहाँले भत्रुभयो, ‘ मिटर ब्याजीका कारण समस्यामा परेका नागरिकको गुनासो सुनेर सरकारलाई आवश्यक नीति एवं कानून निर्माण गर्न सुझाव दिइनेछ ।’

कार्यदलका सदस्य प्रहरी उपरीक्ष कृष्ण कोइरालाले यो समस्या राष्ट्रव्यापी देखिएकाले यो समस्या समाधान गर्न नै कार्य दल बनेको जानकारी दिनुभयो । छलफलबाट आएको समस्याका विषयमा कार्यदलले निकासका लागि सरकारलाई उचित सुझाव सहित सिफारिश गर्ने भत्रुभयो ।

प्रतिक्रिया