रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार रुसी सेनालाई युक्रेनमा मस्कोको सैन्य कारबाहीको बीचमा १,३७,००० सेनाको संख्या १.१२ मिलियन अर्थात कूल ११ लाख भन्दा ज्यादा बढाउन आदेश दिएका छन ।
पुटिनको आदेश आगामी जनवरी १ ,२०२३ मा लागू हुनेछ ।
राष्ट्रपतिको आदेशले रुसी सेनाको १,१५०,६२८ सैनिक सहित कूल संख्या बढाएर कूल २,०३९,७५८ पुग्नेछ ।
सन २०१८ को सुरुमा सेनाको संख्या १,९०२, ७५८ रहेको थियो।
रुसमा १८-२७ बर्षका सबै पुरुषहरुले एक बर्ष सैनिक सेवा गर्नै पर्छ भनि एविसिन्यूजले समाचार लेखेको छ ।
क्रेमलिनले फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाउनु अघि रूसी सेनासँग ४००,००० भन्दा बढी अनुबन्ध सैनिकहरू थिए, जसमा १४७,००० सेनाहरू युद्धभूमिमा थिए।
प्रतिक्रिया