रुसले युक्रेनको रेल अवस्थानमा गरेको आक्रमणमा परि बालबालिका २५ जनाको मृत्यु

इनेप्लिज २०७९ भदौ ९ गते ११:१९ मा प्रकाशित

रुसले युक्रेनको रेल अवस्थान(स्टेसन)मा गरेको आक्रमणमा परि कम्तिमा २५ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा परि बालबालिकाहरु पनि परेको युक्रेनी अधिकारीहरुले जनाएका छन ।

युक्रेनको निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको रेल अवस्थान (स्टेसन)मा बुधबार रुसले आक्रमण गरेको हो । राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले चाप्लिने गाउँको अवस्थान (स्टेशन)मा खोजी तथा उद्धार कार्य पूरा भएको बताए ।

आवासीय क्षेत्र र रेलवे अवस्थानमा गोलाबारीका कारण दुई बालबालिका सहित २५ जनाको मृत्यु भएको छ, ३१ जना घाइते भएका छन्, टिमोसेन्कोले बिहीबार भने।

घरको भग्नावशेषमा ११ वर्षीय बालकको मृत्यु भएको र रेल अवस्थान नजिकै गाडीमा (कार) आगो लाग्दा ६ वर्षीय बालकको मृत्यु भएको उनले बताए ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभका सल्लाहकार युरी साकले सिएनएनलाई जानकारी दिदै रुसले युक्रेनी क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको बताए ।

“युक्रेनका अन्य ठूला शहरहरूमा पनि जो युद्धभूमिबाट टाढा छन्, त्यहाँ विस्फोटहरू भएका छन्, त्यहाँ क्षेप्यास्त्र हमलाहरू भएका छन्,” साकले भने, किभमा बुधबार कम्तिमा आठ हवाई आक्रमण भएको उनले बताए ।

प्रतिक्रिया