अरुण सुनारको स्वरमा पहिलो म्युजिक भिडियो सार्बजानिक

इनेप्लिज २०७९ भदौ ८ गते २२:१० मा प्रकाशित

परदेशमा बसेर देशको चिन्ता भनौ वा माया पोख्न कसैले किताब लेखन त कसैले गित संगीत सृजना गर्ने गरेको पाइएको छ। अमेरिका बसेर निरन्तर गित संगीत मा लागेका केशब शर्मा दाहाल ले अर्को एउटा सुन्दर सृजना लिएर दर्शक स्रोता माझ आएका छन।

सा रे ग म प का उत्कृष्ट तिन मा पर्न सफल गायक अरुण सुनारको म्युजिक भिडियो यो नै पहिलो रहेको र अरुणले अत्यन्त मेहनतका साथ काम गरेको देखिन्छ । आभिनय मा अमेरिकामा नै जन्मिएका निस्चल दाहाल, कुशल दाहाल सहित अन्य साथीहरूले राम्रो संग अभिनय गरेका छन।

केशब दाहालको आफ्नै शब्द , केशब दाहाल र सुबाश चम्लिङको संगीतमा तयार पारिएको यो म्युजिक भिडियो निक्कै मर्मस्पर्शि रहेको धेरैको प्रतिक्रिया आएको छ। प्रविनले निर्देशन गरेको यो भिडियोको केही भाग अमेरिका र केही नेपालमा छायांकन गरिएको छ। यो भिडियोलाई केशव शर्मा दाहाल यू ट्युब च्यानलमा हेर्न सकिन्छ।

अमेरिका जन्मेर पनि नेपाली भाषा र संस्कृति प्रती बाल कलाकार ले गरेको अभिनय को राम्रो चर्चा सुनिन्छ ।

प्रतिक्रिया