किवानिस इन्टरनेशनल चौथो कन्भेन्सन पोखरामा हुने

इनेप्लिज २०७९ भदौ ७ गते १:०५ मा प्रकाशित

पोखरा । किवानिस इन्टरनेशनल डिष्ट्रिक्ट नेपालले K 69 (4thrd Convention of Kiwanis Nepal District) चौथो कन्भेन्सनको तयारीलाई तिब्र बनाएको छ । आगामी भाद्र ९ देखि ११ गते सम्म सुन्दर नगरी पोखरामा हुने कन्भेन्सनको तयारीका क्रममा सोमबार कार्यक्रमको जिम्मेवारी सहित संयोजकहरुलाई परिचालन गरिएको छ ।

पोखराको ग्रान्ड होटेलमा हुने कन्भेन्सनको सम्पूर्ण तयारि पुरा भएको डिष्ट्रिक्ट गभर्नर एकराज पन्तले जानकारी गराउनुभयो । उक्त अवसरमा बोल्दै गभर्नर पन्तले सुन्दर नगरी पोखरामा हुने चौथो कन्भेन्सनमा ५ सय भन्दा बढी किवानिसहरुको उपस्थिति रहने विश्वास व्यक्त गरे ।

कन्भेन्सनको होस्ट किवानिस क्लब अफ मनकामना नेपालले गर्दैछ । कोरोना महामारी पछिको विषम परिस्थितिमा पोखरामा हुने किवानिसको कन्भेन्सनले यहाँको पर्यटकीय गतिविधिमा चहलपहल ल्याउने विश्वास गरिएको छ । ‘पाच सय भन्दा बढी किवानिस सदस्यहरु राजधानी काठमाडौंसहित देशका विभिन्न भागबाट पोखरामा एकैपटक आउँदा यहाँको पर्यटनले गति लिने विश्वास लिएको छ ।

प्रतिक्रिया