विराटनगर,४ भदौ । विराटनगर महानगरपालिकाले प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाई विशेष अभियान सञ्चालन गरिने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो ।
शनिबार बसेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । “कुनै पनि ठाउँको पहिचान भनेको सफाई न सुन्दरता नै हो,” प्रमुख कोइरालाले भत्रुभयो, “बाहिरबाट आउने पर्यटकले झट्ट हेर्दा सहरमा जताततै फोहोर देखे भने उनीहरूमा नकारात्मक प्रभाव पर्छ । फोहोर भनेको सहरको सभ्यतासँग पनि जोडिएको हुन्छ । त्यसो भएकाले महानगर सफाई विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका हौं ।”
महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रुपमा लागिरहेको उहाँको भनाइ थियो । मन्दिर, मज्जिद र सार्वजनिकस्थलमा भिख माग्ने, फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने अभियानलाई पनि तीव्रता दिएको बताइएको छ ।
जनताले महसुस गर्ने गरी महानगरले काम गरिरहेको उहाँको दाबी थियो । “हामी निर्वाचित भएर आएको भर्खर तीन महिना भएको छ, यो बीचमा धेरै कुरा बुभ्mनै लाग्यो,” प्रमुख कोइरालाले भत्रुभयो, “आउने बित्तिकै हामीले महानगरका सबै नाला सफा गर्यौँ, जसले गर्दा यसपटकको वर्षामा डुबान समस्या कम भयो । यससँगै फुटपाथ खाली गर्ने, छाडा चौपाया नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएका छौं ।”
महानगरकी उपमेयर शिल्पा निराला कार्कीले विकास निर्माणसँगै सामान्यभन्दा सामान्य विषयलाई पनि ध्यान दिएर काम गरिरहेको सुनाइन् । महानगरले सुरु गर्ने सरसफाई विशेष अभियानमा महानगरवासीलाई समेत सहभागी हुन कार्कीले आग्रह गर्नुभयो ।
यसैबीच, रथयात्रालाई ध्यानमा राखेर शनिबार मेनरोडको सफाई गरिएको छ । महानगरका प्रमुख कोइरालाको नेतृत्वमा तीनपैनी चोक देखि सफाई गरिएको थियो । सरसफाईमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला, वडा नं १ का वडाध्यक्ष काजी बस्नेत, २ का अध्यक्ष कुमार पोखरेललगायतको सहभागिता रहेको थियो ।
यसअघि मोरङको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्व प्रत्येक शनिबार बिहान नगर क्षेत्र सरसफाई अभियान सञ्चालनमा रहेको छ । प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा प्रहरी प्रमुख, राष्ट्रसेवक कर्मचारीहरु, समाजसेवी लगयात विभित्र सङ्घसंस्थाका प्रतिनिधिहरुको यो काममा सहभागी भइ सहयोग गर्दै आएका छन् । विराटनगरमा केही सयम देखि बजार भित्र फोहोरको चाप घटेको र नगरको सफाई भएको पाइएको छ ।
प्रतिक्रिया