जेलेन्स्कीद्वारा संयुक्त राष्ट्र संघलाई जापोरिजिया आणविक केन्द्रको असैनिकीकरण सुनिश्चित गर्न आह्वान

इनेप्लिज २०७९ भदौ ३ गते २:०१ मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग बिहीबार लिभमा भएको भेटमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघलाई रुसी सेनाबाट जापोरिजिया आणविक उर्जा केन्द्रको निशस्त्रीकरण र “पूर्ण मुक्ति” सुनिश्चित गर्न आह्वान गरेका छन ।

उनको कार्यालयको एक विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्था र जेलेन्स्कीको कार्यालयले अन्तर्राष्ट्रिय आणविक ऊर्जा सँस्थाले आयोजनाको सम्भावित भ्रमणको “मापदण्डहरूमा सहमति जनाएको छ ।

रुसले युरोपको सबैभन्दा ठूलो आणविक उर्जा कारखानाको वरिपरि एक गैरसैनिक क्षेत्र रहेको दाबी गरेको छ ।

लिभमा उनीहरूको बैठकको क्रममा जेलेन्स्कीले ओलेनिभका जानका लागि संयुक्त राष्ट्र तथ्य खोजी नियोगको लागि पनि आह्वान गरे, जहाँ गत महिनाको अन्त्यमा विस्फोटमा दर्जनौं युक्रेनी युद्धबन्दीहरू मारिएका थिए।

यता रुसले दक्षिणपूर्वी युक्रेनको जापोरिजिया आणविक उर्जा केन्द्रको वरिपरि असैनिकीकृत क्षेत्र बनाउन रुसलाई अन्तर्राष्ट्रिय प्रस्तावहरू अस्वीकार्य भएको जनाएको छ ।

प्रतिक्रिया