स्वदेशी दक्ष जनशक्त्तिको अभाव

इनेप्लिज २०७९ भदौ २ गते २१:३७ मा प्रकाशित

 

मोरङ,२ भदौ (रासस): विराटनगर महानगरपालिका र जय नेपाल होटल म्यानेजमेण्ट एण्ड टेक्नोलोजीले बिहीवार विराटनगरमा आयोजित उद्यमीशिलता विकास सम्वन्धी सरोकारवालाहरुसँग छलफल एवं गोष्ठीमा सहभागी हुँदै महानगरकी उपप्रमुख शिल्पा निराला कार्की लगायत । तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर,२ भदौ (रासस):स्वदेशी युवाहरुमा शिप आर्जन नभएको कारण वाध्यतावस उद्यमीहरुले विदेशी दक्षजनशक्ति ल्याउनु परेको दुःखेसो सहभागीहरुले व्यक्त्त गरेका छन् ।

उनीहरुले मुलुकमा रहेका उद्योगहरुको मागका आधारमा युवाहरुलाई तालीम एवं शिप प्रदान गर्न स्थानीय पालिकाले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिका र जय नेपाल होटल म्यानेजमेण्ट एण्ड टेक्नोलोजी विराटनगरले आज यहाँ आयोजित उद्यमीशिलता विकास सम्वन्धी सरोकारवालाहरुसँग छलफल एवं गोष्ठीमा सहभागीहरुले तालीमले आय आर्जनमा वृद्धि र मुलुकको दिगो विकासमा मद्दत पुग्ने धारणा राख्नु भयो ।

महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले वेरोजगारी अन्त्य गरी स्वरोजगार र उद्यमीशिलता बनाउन आवश्यक पर्ने तालीम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

गोष्ठीमा जय नेपालका सञ्चालक मोहम्मद इर्साद अन्सारीले कार्यपत्र प्रस्तुत गर्दे वेरोजगारी न्यूनिकरण गर्न स्वदेश तथा विदेशमा आवश्यक पर्ने विभिन्न प्रकारका तालीमहरु प्रयोगात्मक रुपमा सञ्चालन गरिरहेको जानकारी दिनु भयो ।

आस्मान नेपालका पुष्पकुमार पोखरेलले उद्यमीशिल विकास सम्वन्धी अवधारण पत्र प्रस्तुत गर्दै सूचनाको अभावका कारण युवाहरुले रोजगारी नपाउने गरेको बताउनु भयो ।

गोष्ठीमा महानगरका विभिन्न वडाका वडाअध्यक्ष,साना तथा घरेलु उद्योग, गार्मेण्टका सञ्चालक, विभिन्न होटल व्यवसायीहरुको सहभागिता थियो ।

प्रतिक्रिया