रुसी आक्रमणबाट खार्किभको एक आवासगृहमा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन ।
बिहीबार बिहान उत्तरपूर्वी शहर खार्किभमा रहेको एउटा आवासगृह (अपार्टमेन्ट) भवनमा रुसी प्रक्षेपास्त्र (रकेट) आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्।
यसै गरि साल्टिभका जिल्लाको तीन तले भवनमा लागेको आगो नियन्त्रणमा आउन दुई घण्टा लागेको आपतकालीन सेवाले जनाएको छ ।
“साल्टिभका, आवासीय भवनमा यस प्रकारको आक्रमणको कुनै औचित्य छैन। यो सैन्य लक्ष्य होइन। यो धम्की, नरसंहारको कार्य हो,” खार्किभका नगर प्रमुख इहोर तेरेखोभले संचार माध्यम टेलिग्राममा भने।
नगर प्रमुखको कार्यालयका अनुसार बिहीबार बिहान कम्तिमा चारवटा क्षेप्यास्त्र शहरमा खसेको थियो। ती मध्ये एकले स्लोबिडस्की जिल्लाको छात्रावासमा आक्रमण हुँदा एक जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया