अध्यावधिक गरिएको : अफगानिस्तानको काबुल मस्जिद भित्र विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु ,२७ जना घाइते

इनेप्लिज २०७९ भदौ १ गते २२:३१ मा प्रकाशित

अध्यावधिक गरिएको : काबुल मस्जिद भित्र विस्फोट भएको प्रहरीले जनाएका छन् । अफगानिस्तानको काबुलमा बुधबार साँझको प्रार्थनाको क्रममा एउटा मस्जिदभित्र विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएको एबिसीन्यूजले उल्लेख गरेको छ ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जद्रानले सिएनएनलाई दिएको जानकारी अनुसार विस्फोटमा हताहत भएको तर थप विवरण आई नसकेको उनले बताए । घटना महानगरीय प्रहरी जिल्ला १७ मा भएको र घटनास्थलमा सुरक्षाकर्मीले अनुसन्धान गरिरहेको उनले बताए ।

आपतकालिन स्वास्थ्य सेवा संगठनले पछाडी कम्तिमा १०  जनाको मृत्यु भएको पुष्टि गरेको छ । “आजको विष्फोट पछि हामीले काबुलको हाम्रो शल्य चिकित्सा केन्द्रमा २७ जना बिरामीहरूलाई भर्ना गर्यौं, जसमा पाँच नाबालिग, तीमध्ये एक सात वर्षीय बालक भएको अफगानिस्तानका आपतकालिन देश निर्देशक डाइरेक्टर स्टेफानो सोज्जाले सिएनएनलाई भने।

“दुई विरामी मृत अवस्थामा आइपुगे, एकको आपतकालीन कोठामा मृत्यु भयो,” उनले भने। तालिबानका उपप्रवक्ता बिलाल करीमीले बुधबार साँझ ट्विट गर्दै उक्त विस्फोटको निन्दा गरेका छन् ।

“नागरिकहरूको हत्यारा र यस्तै अपराध गर्नेहरूलाई छिट्टै पक्राउ गरी तिनीहरूको कार्यको सजाय दिइनेछ,” करीमीले लेखे।

प्रतिक्रिया