रुसले क्राइमियाको अर्को सैन्य सुविधा केन्द्रमा विस्फोट गराउँदा तोडफोड भएको आरोप लगाएको छ ।
क्राइमियाको माइस्कोये गाउँमा रहेको गोलाबारुद भण्डारणमा विस्फोट हुँदा कम्तिमा दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बताए । हप्ता भित्र रुसी नियन्त्रित प्रायद्वीपमा आक्रमण भएको यो दोस्रो घटना हो भनि सिएनएनले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले उत्तरी क्राइमियाको झान्कोई क्षेत्रमा रहेको सैन्य सुविधा केन्द्रमा मंगलबार बिहान भएको विस्फोट र क्षति भएको जनाएको छ ।
यस क्षेत्रका करिब २,००० बासिन्दाहरूलाई विस्थापित गरिएको रुसी सरकारी संचार माध्यमले जनाएको छ । रुसबाट क्राइमियाजाने रेल सेवाहरू निलम्बित गरिएको छ।
युक्रेनले यस घटनाको जिम्मेवारी लिएको छैन, तर युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले सामाजिक संजाल ट्वीट गर्दै रूसीहरूले कब्जा गरेको क्राइमिया गोदामहरू विस्फोटनमा आक्रमणकारी र चोरहरूको लागि मृत्युको उच्च जोखिम हुन्छ भनेका छन् ।
गत मंगलबार क्राइमियाको पश्चिमी तटमा रहेको नोवोफेदोरिभकामा रहेको रुसी सैन्य हवाई अड्डामा भएको श्रृंखलाबद्ध विस्फोटले कम्तिमा आठ विमान र पूर्वाधारमा क्षति पुर्याएको थियो।
रूसी रक्षा मन्त्रालयको विज्ञप्तिमा पछिल्लो घटनामा कति सैन्य उपकरण र गोलाबारुद नष्ट भएको हुन सक्छ भन्ने स्पष्ट पारिएको छैन।
प्रतिक्रिया