जेलेन्स्कीद्वारा युक्रेनी अधिकारीहरूलाई रुस विरुद्ध सैन्य रणनीति प्रकट नगर्न चेतावनी

इनेप्लिज २०७९ साउन २७ गते ११:१० मा प्रकाशित

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी अधिकारीहरूलाई रुस विरुद्धको सैन्य अभियानको बारेमा कुरा नगर्न चेतावनी दिएका छन । र ,उनले युद्ध निश्चय पनि व्यर्थ र चर्को वक्तब्यको लागि समय होइन भनेका छन् ।

गत बिहीबार जारी गरिएको उनको अङ्कियदृश्य (भिडियो )सन्देशमा जेलेन्स्कीले सैन्य नेतृत्व र राज्य अधिकारीहरूलाई कडा रूपमा सम्बोधन गरे।

“तपाईहरुले हाम्रो रक्षा योजनाहरूको बारेमा कम ठोस विवरण दिनुहुन्छ, ती रक्षा योजनाहरूको कार्यान्वयनको लागि राम्रो हुनेछ,” जेलेन्स्की भने ।

“हाम्रो राज्यले प्रतिरक्षाका लागि के तयारी गर्छ भन्ने बारे तपाईहरुले भन्नुभएको हरेक शब्दको लागि तपाईहरुले आफ्नो जिम्मेवारी महसुस गर्नुपर्छ।” जेलेन्स्कीको टिप्पणी एक वरिष्ठ युक्रेनी सेनापतिले दक्षिणी शहर खेरसनलाई रुसी सेनाबाट वर्षको अन्त्यसम्म मुक्त गर्ने योजनाको बारेमा लामो कुरा गरेपछि आएको हो।

प्रतिक्रिया