विराटनगर, २५ साउन(रासस): मोरङको कानेपोखरी गाउँपालिका राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आज बुधबार सम्बोधन गर्दै । तस्वीर : मोहम्मद सदरुल, रासस
विराटनगर, २५ साउन(रासस): मोरङको कानेपोखरी गाउँपालिका राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय कार्यक्रम आज सम्पत्र भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबार र जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा रुजु अधिकारी , जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता थियो ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रको लागि दर्ता अभियान सम्बन्धमा जानकारी दिँदै मोरङमा अहिलेसम्ममा दुई लाख २२ हजार १३१ जनाको विवरण सङ्कलन भइसकेको जानकारी दिनुभयो । उहाँले आफ्ना प्रस्तुतीमा मोरङमा अहिलेसम्ममा १७ वटा पालिका मध्ये आठ वटामा सम्पत्र भइसकेको जानकारी दिँदै विवरण सङ्कलन कर्तालाई आफ्ना व्यक्त्तिक विवरण शुद्ध लेखाउन आग्रह गर्नुभयो ।
नेपालमा सबै भन्दा पहिले प्रदेश नं १ को पाँचथर जिल्लाबाट शुरु भएको यो अभियान मोरङमा असोज महिना देखि शुरु भएको र प्रदेशमा अहिले १३ जिल्लामा अभियान सञ्चालन रहेको बताइएको छ ।
सन् २०२४ सम्ममा सम्पत्र हुुनुु पर्ने यो अभियानका लागि देशभार सात हजार कर्मचारी परिचालन भएको र रुजु गर्ने अधिकारी कम्तिमा १२ उतीर्ण हुनु पर्ने जनाइएको छ । प्रदेशमा सोलुखुम्बु जिल्ला मात्र अभियान सञ्चालन गर्न बाँकी रहेको र गलत विवरण दिने दुई जनालाई मोरङ प्रहरीले पक्राउ पनि गरिएको छ ।
विराटनगर, २५ साउन(रासस(: मोरङको रंगेली नगरपालिकामा इलाका प्रशासन कार्यालय रंगेलीको अगुवाईमा बुधबार बजार अनुगमनमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला र इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख उपेन्द्र राई । तस्वीर : मोहम्मद सदरुल, रासस
सुशासन, अपराध अनुसन्धान, सेवा प्राप्ति, प्रणालीको विकास, नागरिकको व्यक्त्तिक तथा जैविक विवरण सङ्कलन, सूचना व्यवस्थापन प्रणालीसँग प्रणालीको आवद्धतामा मद्दत गर्ने यो परिचय पत्रका लागि देशभरिमा अहिले ३३ जिल्लामा सम्पत्र भइ ७५ लाख मानिसको विवरण सङ्कलन भइसकेको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र जस्ता अहम परिचयपत्र बनाउन नागरिक स्वयं सक्रिय हुनु पर्ने भन्दै यसकाममा खटिएका कर्मचारी, मेशिनरी सामानहरुको स्थानीय सरकारले सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङनामले राज्यको यो अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
सोही पालिकाका अध्यक्ष भोलाप्रसाद अधिकारी र प्रशासकीय अधिकृत सान्तोष घिमिरेले यो अभियानबाट राज्यलाई सुशासन एवं सेवा वितरण गर्न निकै मद्दत पुग्ने विश्वास व्यक्त्त गनुभयो ।
यसैगरी, इलाका प्रशासन कार्यालय रंगेलीले रंगेली नगरपालिकामा बजार अनुगमन सम्पत्र गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, रंगेली नगरपालिकाका उपप्रमुख भूमा पराजुली र इलाका प्रशासन कार्यालय रंगेलीका प्रमुख उपेन्द्र राई सहित सञ्चारकर्मीहरुको टोलीले बजारको विभित्र पसलमा निरीक्षण गरेको थियो । त्यस अवसरमा पसलेहरुले सामान खरिद गरेको बिल, व्यवसायिक प्रमाणपत्र, सामानहरुको गुणस्तर र म्याद गुज्रेको विषयमा जानकारी दिएका थिए ।
सबै पसलहरु चुस्त एवं दुरुस्त रहेको अवस्थामा पाइएको र कुनै पनि पसलको अनियमितताका विषयमा गुनासो र उजुरी नपरेपनि बजारलाई व्यवस्थित बनाउन र कुनै पनि उपभोक्त्ता ठगिमा नपर्ने अनुगमन गरेको रंगेली प्रशासनका प्रमुख राईले जानकारी दिनुभयो ।
प्रतिक्रिया