युक्रेनमा ८० हजार रूसी हताहत भएको पेन्टागन अधिकारीको दाबि

इनेप्लिज २०७९ साउन २४ गते ११:१५ मा प्रकाशित

युक्रेनमा ८० हजार रूसी हताहत भएको पेन्टागन अधिकारीले दाबि गरेका छन् । युक्रेनको युद्धमा ७०,००० देखि ८०,००० रुसीहरू मारिएका वा घाइते भएका रक्षा विभागका उपसचिव कोलिन काहलले गत सोमबार पेन्टागनमा पत्रकार सम्मेलनमा बताए ।

छ महिना भन्दा कम समयमा ७० वा ८० हजार रुसीहरु हताहत भएका छन्। त्यो संख्या अलि कम वा अलि बेसी पनि हुन सक्छ ,उनले भने ।

काहलले अगाडी भने रूसले फेब्रुअरीको अन्त्य देखि युक्रेनमा आक्रमण गरे देखि रुसले भ्लादिमिर पुटिनको कुनै पनि उद्देश्य हासिल गर्न सकेको छैन ।

रूसी सेनाको हताहतको संख्या “उल्लेखनीय” छ ।

युक्रेनी मनोबल र लड्ने इच्छा निर्विवाद छ । मलाई लाग्छ युक्रेनीहरुमा रूसी पक्ष भन्दा लड्ने औसत इच्छा धेरै उच्च छ । त्यसैले मलाई लाग्छ कि यसले युक्रेनीहरूलाई महत्त्वपूर्ण फाइदा दिन्छ, काहलले थपे।

प्रतिक्रिया