कीभ अमेरिकी दूतावासद्वारा युक्रेनको पहिलो पानी जहाज मार्फत खाद्यान्न ढुवानी प्रस्थान गरेकोमा स्वागत तथा प्रशंसा

इनेप्लिज २०७९ साउन १६ गते १०:४४ मा प्रकाशित

युक्रेनको कीभमा अवस्थित अमेरिकी दूतावासले युक्रेनको पहिलो पानी जहाज मार्फत खाद्यान्न ढुवानी प्रस्थान गरेकोमा स्वागत गरेको छ ।

कीभमा रहेको संयुक्त राज्य अमेरिकाको दूतावासले रूसले युक्रेनमा आक्रमण सुरु गरेपछि युक्रेनको ब्ल्याक सी (कालो सागर )बन्दरगाहबाट पहिलो पटक खाद्यान्न ढुवानी प्रस्थान गरेकोमा प्रशंसा गरेको छ।

“फेब्रुअरी २४ मा रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनको कालो सागर बन्दरगाहबाट पहिलो जहाजको प्रस्थानलाई हामी स्वागत गर्दछौं,” दूतावासले सोमबार सामाजिक संजाल ट्वीटमा भन्यो।

“विश्वले लाखौं टन फसेको युक्रेनी खाद्यान्नको साथै विश्वभरका मानिसहरूलाई खुवाउन यो सम्झौताको निरन्तर कार्यान्वयनको लागि हेरिरहेको छ।” अमेरिकी राजदूत ब्रिजेट ए ब्रिङ्कले यस विकासलाई प्रगतिको संज्ञा दिएका छन् ।

यसैबीच बेलायतका राजदूत मेलिन्डा सिमोन्सले ओडेसा छोड्ने पहिलो अन्न ढुवानीलाई “पहिलो कदम” भनिन ।

यो सफलता हासिल गर्न इस्तानबुलमा संयुक्त राष्ट्र संघ र टर्कीको मध्यस्थतामा दुवै देशका मन्त्रीहरूले सम्झौतामा हस्ताक्षर गरेका थिए भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया