विराटनगर,८ साउन । बिराटनगर महानगरपालिका –१८ बाट अबैध सुपारी बोकेको आठ वटा भारतिय नम्वरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्त्ता प्रहरी उपरीक्षक नविनराज राईले आज साँझ जारी गर्नु भएको जानकारी अनुसार बिहिबार राती १०ः३० बजे समयमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले अवैधरुपमा सुपारी बोकेको उक्त्त भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।
यसरी नियन्त्रणमा लिएका एमपि ०९ एचजि ८३२०, एमपि २२ एचआई ०३१,युपि ५०बिटी ७२७७, युपि ६२ बिटी ८१२१,युपि ५४ टि ६४२९,युपि ५० एटि ३१५८,युपि ६२ सिटी ०६२७ र युपि४५ टिआइ ६२४ नम्वरको ट्रकबाट दुई लाख १९ हजार ५९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो ।
अवैध सुपारी सहित नियन्त्रणका लिएका आठ वटा ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया