झलझलि यि आखामा उनको……..

गोबिन्द राज ओझा (राजन) २०७९ साउन ७ गते १९:१५ मा प्रकाशित

झलझलि यि आखामा उनको मुहार देखिरहन्छु

उनको सम्झनामा यो नदिको बगरमा बसिरहन्छु

उनको मायाले ,भोक  निद्रा हराएको छ  मेरो

यो मनमा खुसिहरु साचेर बसेको छु जिवनको

तिमि सँग रमाउदै त्यो शहरमा घुमेको छु

उनको सम्झनामा यो नदिको बगरमा बसिरहन्छु

जिन्दगिका यात्रा उकालि ओरालि गर्दै यहाँ

मैले तिमिलाई त्यो ठाउँमा खोज्दै हिडेर जादा

यो मन देखि उनलाई माया गरेका मेरा पलहरु सम्झन्छु

उनको सम्झनामा यो नदिको बगरमा बसिरहन्छु

गोबिन्द राज ओझा (राजन)

 दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया