युक्रेनी सेनाद्वारा रुसको कब्जामा रहेको खेरसनमा रणनीतिक पुल माथि प्रहार

इनेप्लिज २०७९ साउन ४ गते ११:०९ मा प्रकाशित

युक्रेनी सेनाले रुसको कब्जामा रहेको खेरसनमा रणनीतिक पुल माथि प्रहार गरेको बताएको छ ।

रुसी सरकारी समाचार सँस्था टासका अनुसार दक्षिणी युक्रेनमा रुसको कब्जामा रहेको खेरसन क्षेत्रको एउटा पुलमा लगातार दुई दिनसम्म युक्रेनी सेनाले गोलाबारी गरेको छ।

बुधवार आठ वा नौ प्रक्षेप्यास्त्रहरू एन्टोनोव्स्की पुलमा प्रहार भएको रूसी समर्थित प्रशासनका उपप्रमुख किरिल स्ट्रेमोसोभलाई उद्धृत गर्दै टासले विवरण दिएको छ ।

स्ट्रेमोसोभका अनुसार गोलाबारीमा पुल “धेरै नराम्ररी क्षतिग्रस्त” भएको तर यो भत्किने खतरा नभएको बताए।

मंगलबार सामाजिक सञ्जालमा साझा गरिएका अङ्कियदृश्य(भिडियो)मा पुलमा क्षति पुगेको देखाइएको छ ।

प्रतिक्रिया