ब्राम्प्टन (क्यानडा), बृहत्तर टोरोन्टो क्षेत्रको ब्राम्प्टन नगरमा अबस्थित पशुपतिनाथ नेपाली मन्दिरको प्राङ्गणमा रहेको चतुर्मुखी शिव लिङ्गमा दाता सुरेन्द्र बीर कर्माचार्य तथा श्रीमती दिप्ता मास्के कर्माचार्यले हालै क्यानेडियन नेवा गुठि मार्फत रजत त्रिपुण्ड्र अर्पण गर्नु भयो । कार्यक्रममा दाता तथा उपस्थित भक्तहरुलाई स्वागत गर्नु हुदै गुठि का महासचिब बिमल श्रेष्ठले त्रिपुण्ड्र अर्पण कार्य सराहनिय भएको बताउनु भयो ।
कार्यक्रममा बोल्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकजुले भगबान शिवको ललाटमा ज्वाज्वल्यमान भैरहने त्रिपुण्ड्रको तीन रेखाले जीबनको रज्व, सत्व र तमो गुण प्रतिनिधित्व गर्नुको साथै भगबान शिवको त्रीशक्ति (ईच्छा शक्ति, ज्ञान शक्ति, कृया शक्ति)को प्रतिकको रुपमा रहेको बताउनु भयो । त्रिपुण्ड्र खासगरि भस्म बा चन्दनको लगाइने प्रचलन रहेको र यो लगाउदा यसमा रहेका तत्वहरुले हाम्रो मन मस्तिष्क शान्त र उर्जाबान हुने बिज्ञान सम्मत तथ्य रहेको छ भन्नु भयो । हिन्दु संस्कारका बिभिन्न प्रक्रियाहरु बिज्ञान सम्मत रहेको भएता पनि ब्याख्या गर्न नसकेकोले क्रमस लोप हुदै जाने सम्भाबना रहेको बताउनु भयो ।
नेपलीज क्यानेडियन हेरिटेज सेन्टरका अध्यक्ष डा. लीला भण्डारीले गुठि मार्फत दाता कर्माचार्य दम्पतिले त्रिपुण्ड्र हस्तान्तरण गर्नु भएकोमा हार्दिक आभार ब्यक्त गर्नु हुदै सबैको सहयोग बाट मन्दिर आज यो स्थानमा पुगेको र थप स्तरोन्नतिको लागि फेरी पनि माया, श्रद्दा र सहयोग आबश्यक भएको बताउनु भयो ।
सो कार्यक्रममा बोल्नु हुदै दाता सुरेन्द्र बीर कर्माचार्यले आफ्नो श्रद्दा अनुसार शिव भगबानमा त्रिपुण्ड्र चढाउन पाएकोमा खुसी ब्यक्त गर्नु हुदै बिस्वका बिभिन्न भागमा रहेका नेवाः समुदाय तथा संस्थाहरुलाई पनि प्रेरणा होस भन्ने कामना गर्नु भयो। साथै उहाँले आफ्नै समुदायको मन्दिर हुदा जीबन संस्कार लगायत पितृ उद्दारको श्राद्द कार्य आफ्नै भाषा र संस्कार अनुसार गर्न पाउन्दा बिदेशमा भएतापनि सो अनुष्ठान आफ्नै मुलुकमा गरेको जस्तो भै मन आल्हादित हुन्छ हुन्दै नेपाली समुदायले सो कार्य मन्दिरमा गर्न अनुरोध गर्नु भयो ।
गुठिका अध्यक्ष प्रकाश प्रधानले दाता कर्माचार्य दम्पतिले गुठि प्रति बिस्वास गर्नु भै गुठि मार्फत यस उदाहरणिय कार्य गर्ने अबसर दिनु भएकोमा हार्दिक आभार ब्यक्त गर्नु हुदै दाताको उत्तरोत्तर प्रगतिको साथै भबिश्यमा पनि अरु पनि लोकहितकारी कार्य गर्न सकोस भनी कामना गर्नु भयो ।
सो कार्यक्रममा दाता कर्माचार्य दम्पतिले चाँदीका ४ थान त्रिपुण्ड्र गुठिका अध्यक्ष प्रकाश प्रधान, उपाध्यक्ष उत्तम माकजु तथा महासचिब बिमल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए भने तत्पस्चात नेपलीज क्यानेडियन हेरिटेज सेन्टरका अध्यक्ष डा. लीला भण्डारीलाई हस्तान्तरण गरिएको थियो । त्यसपछी सो त्रिपुण्ड्रहरु भगबान शिबको ललाटमा शुशोभन गरिएको थियो । कार्यक्रमको अन्त्यमा भक्तजनहरुले भक्ती संगीतले भगबान शिबको अर्चना गरिएको थियो ।
प्रतिक्रिया