साहित्यिक कार्यक्रम

अरुणबहादुर खत्री “नदी” २०७९ साउन १ गते १०:३४ मा प्रकाशित

कवि नारायणप्रसादको कवितासङ्ग्रहको निम्तो पाएर प्रज्ञा भवनमा पुगे । कार्यक्रम समयमै सुरु भयो । कार्यक्रममा कविता सङ्ग्रहको विमोचन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै बोल्ने अतिथिहरुले समयलाई महत्व नदिइकन लामो बोले । कार्यक्रम तीन घण्टासम्म चल्यो । कार्यक्रम सकिएर जलपानको सिलसिला सुरु भएपछि एकजना कविले अब घर जाने होइन तपाई र म संगै गफ गर्दै जाऊ भन्यो । बाटोमा हिँडेर संगै गफ गर्दै जाँदा उसले “अबदेखि साहित्यिक कार्यक्रममा जान बन्द गरौ । साहित्यिक कार्यक्रममा गएर तपाईले र मैले केही पाउन सक्दैनौ, हामीलाई पुरस्कार कुनै संस्थाले पनि दिदैनन्” भन्यो । उसको भनाइमा सहमति जनाउँदै मैले भने “साहित्यिक कार्यक्रममा जाँदाखेरी हामीजस्तो कलम चलाउनेहरुको समय सित्तैमा खेर जान्छ” ।

“साहित्यिक कार्यक्रम हिँड्न छाड्यौ भने हामीले आफ्ना सृजनाहरु कोर्ने समय पाउँछौ नि” उसले भन्यो ।

“हामी साहित्यिक कार्यक्रममा हिँड्न छाड्यौ भने त कुनै समयमा हामीले कृति निकाल्न भने पनि कृतिको बिमोचन गर्नुपर्दा कोही पनि आउँदैनन् नि” मैले भने । यो सुनेपछि उनी अक्क न बक्क भए ।

सामाखुसी साहित्य समाज, काठमाडौं (नेपाल)

प्रतिक्रिया