कर्मको फल

– अरुणबहादुर खत्री “नदी” २०७९ साउन १ गते १०:२७ मा प्रकाशित

 

सुरक्षा गार्ड कृष्णबहादुरले आफ्नो ड्युटी भएकै बैंकमा भाइहरु रमेश र केदारलाई बोलाएर रुपैँया चोरी गर्ने योजना बनायो । बैंकमा भएको सबै रुपैँयाको बिटा चोरेर लग्न लगायो र दुईटै हात नाइलनको डोरीले बाध्न लगाइकन भाइहरुलाई भाग्न लगायो । उसको ड्युटी सकिन लाग्दा खेरी पालो बदला गर्न अर्को सुरक्षा गार्ड मोहन आइपुग्यो र आत्तिदै कराएर भन्यो “मलाई चोरहरु आएर हात बाधेर यस बैंकको सबै पैसा चोरेर लगे । अब के गर्ने मोहन ?” मोहनले “अब चोरहरुलाई पक्राउ गर्न नजिकैको प्रहरी थानामा उजुरी हाल्ने” भन्यो । त्यसो भए अहिल्यै गएर हालौ न त कृष्णबहादुरले भन्यो । “अब म ड्युटी गर्छु कृष्णबहादुर तिमी गएर आफ्नो ड्युटी हुंदा चोरी भयो भनेर उजुरी हाल्नु” मोहनले भन्यो र कृष्णबहादुर उजुरी हाल्न जान्छु भनेर गयो तर कहाँ गयो थाहै भएन बेपत्ता भयो ।

कृष्णबहादुर बेपत्ता भएको थाहा पाएपछि मोहनले बैंक मैनेजरलाई खबर ग¥यो । बैंकको मैनेजरले गएर प्रहरी थानामा कृष्णबहादुर बेपत्ता भएको तथा बैंकमा चोरी भएको बारे उजुरी गरे । प्रहरीले आफ्नो खोजतलास अभियान तुरुन्तै बढायो र तीन दिन भित्रै कृष्णबहादुर र उसका भाइहरु रमेश र केदारलाई फेला पार्न सफल भै कारबाहीका लागि थुनामा राखे । एकैचोटि धेरै रुपैँया कमाउने दुषित प्रयासबाट निरन्तर आइरहने कमाई खाने श्रोत जागिरबाट बिमुख हुनुपर्ने भयले अहिले कृष्णबहादुर जेलमा पागल बन्न पुगेको छ । कहिले बर्बराउछ कहिले हाँस्छ, कहिले रुँन्छ ।

सामाखुसी मार्ग, काठमाडौं

मोबाइल ९८४१७९७६६४

प्रतिक्रिया