जेलेन्स्कीद्वारा अन्तर्राष्ट्रिय समुदायलाई भिनिट्सिया आक्रमणपछि रुसलाई “आतंकवादी राज्य” को रूपमा मान्यता दिन आग्रह

इनेप्लिज २०७९ असार ३१ गते ११:१५ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई भिनिट्सिया आक्रमणपछि रुसलाई “आतंकवादी राज्य” को रूपमा मान्यता दिन आग्रह गरेका छन् ।

रूसले अन्तर्राष्ट्रिय कानून, युरोप र सम्पूर्ण सभ्य संसारप्रति आफ्नो दृष्टिकोण देखाएको छ ,उनले भने ।

“त्यसपछि, युक्रेन विरुद्धको रुसी आक्रमणमा जतिसक्दो चाँडो विशेष न्यायाधिकरणको आवश्यकता छ भन्ने कुरामा कसैले शंका गर्न सक्दैन।” जेलेन्स्कीको भनाई गत बिहीबार भिनिट्सिया शहरमा क्षेप्यास्त्र आक्रमण भएपछि आएको हो। उनका अनुसार मृत्यु भएका २३ जनामध्ये १० वर्ष मुनिका तीन बालबालिका रहेका छन् ।

राष्ट्रपतिले “रूसी आतंकका पीडितहरूलाई” क्षतिपूर्ति दिन “विश्वका सबै देशहरूमा सबै रूसी सम्पत्ति र कोष” जफत गर्न आह्वान गरे। रूसी ऊर्जा निर्यात विरुद्ध जति सक्दो चाँडो यस्तो प्रतिबन्ध लागू गर्न पूर्णतया आवश्यक छ, उनले भने।

जेलेन्स्कीका अनुसार “भग्नावशेष हटाउने कार्य जारी छ” र “दर्जनौं व्यक्तिहरु बेपत्ता भएकाहरुको सूची जारी गरिदै गरेको बताए । “एउटा क्षेप्यास्त्रले न्युरोमेड मेडिकल सेन्टर(औषधालय )लाई ध्वस्त पार्यो। त्यहाँ मानिसहरू थिए,” उनले भने।

राष्ट्रपतिले मृतक मध्ये एक ४ वर्षीया बालिका लिजा रहेको र उनकी आमाको अवस्था अहिले गम्भीर रहेको बताए ।

“नेदरल्याण्ड्स, द हेगमा रूसी युद्ध अपराध सम्बन्धी सम्मेलन भइरहेको बेला रुसले बालिकाको जीवन समाप्त गर्यो,” जेलेन्स्कीले भने।

प्रतिक्रिया